तीन घण्टा हिडेरै प्रसुती गराउन पुगे राक्सिराङ्गका स्वास्थकर्मी लामा

राक्सिराङ्ग गाउँपालिकामा स्वास्थ्यकर्मी तीन घण्टा हिडेरै प्रसुती गराउन पुगेकाछन् । राक्सिराङ्ग ६ सिलाधुनी स्थित काँकडा स्वास्थ्य चौकीमा कार्यरत जिना लामा प्रसुती गराउन हिडेरै भए पनी सुत्केरी गराउन पुग्नुभएको हो ।

राक्सिराङ्ग ६ पाङ्थली निवासी ४६ बर्षिया बिन्दुमाया चेपाङले नबौं सन्तानको रुपमा छोरालाई जन्म दिएकीहुन् । शुक्रबार बिहान ८ बजे देखिनै सुत्केरी ब्यथाले च्यापे पछि स्वास्थ्यकर्मी लामालाई चेपाङ आफैले फोन गरेका थिए । हिडेर जाँदा उकालो बाटो र तीन घण्टाको बाटो त्यही माथी धुपौरो घामको कारण स्वास्थ्य चौकी आउने सम्भावना नदेखिए पछि स्वास्थ्यकर्मी लामा प्रसुती गराउन आवश्यक सामाग्री झोलामा राखी चेपाङको घर तर्फ लाग्नुभएको थियो ।

भौगोलिक बिकटताका बिच स्वास्थ्यकर्मी उनको घरमा आईपुग्दा चेपाङले नबौं सन्तानको रुपमा छोरोलाई जन्म दिईसकेकी थिईन् । स्वास्थ्यकर्मी लामाको भनाई अनुसार प्रसुती समय अलि लामो भएको कारण प्रसुतिमा अलि समस्या देखा परेको नबजात शिशु र आमाको स्वास्थ अवस्था सामान्य रहेकोछ । श्रोतका अनुसार चेपाङले नियमित रुपमा गर्भ परिक्षण समेत गराउदै आईरहनुभएको थियो ।

स्वास्थ्यकर्मी लामा संगसङ्गै वडा अध्यक्ष अक्कल बहादुर मुक्तान र वडा सचिब पुनम कुमार रुम्बा र वडा सदस्य भिम चेपाङ पनि सुत्केरीको घरमा पुग्नुभएको थियो । वडा अध्यक्ष मुक्तानले चेपाङका श्रीमानलाई प्रसुती अवस्थामा नबजात शिशु र आमालाई ख्याल गरिदिन आग्रह गर्नुभएको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
14

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.