राक्सिराङ्ग ३ लावतीमा मालपोत सिविर : ४२ हजार रुपैयाँ राजश्व संकलन

राक्सिराङ्ग गाउँपालिकाको ३ नम्बर वडा अन्तरगत पर्ने लावतीमा मालपोत शिबिर सम्पन्न भएकोछ । बिहिबार वडा कार्यालयले जनताको सहजताको लागि टोल टोलमा पुगेर कार्यालयबाट प्रदान हुने सेवा टोल टोलमा पुगेर प्रदान गरेको हो ।

वडा अध्यक्ष उत्तम वाईबाले कर्मचारीको टोलि सहित जनताको घर आगनमै गएर सेवा प्रदान गरेकाहुन । जनता वडामा पुग्दा लाग्ने खर्च कम हुने हुनाले यो अभियान चलाएको बताउदै आफुहरु जनतालाई कसरी हुन्छ छिटो र सरल ढङ्गले सेवा प्रदान गर्न गईरहेको पनि जानकारी दिनुभयो ।

१ दिने सिविरमा ४२ हजार बराबरको मालपोत कर बुझाएको छ । शिविरमा २०६४/०६५ सालबाट तिरो नतिरेकाहरुले पनि तिरो तिरेकाछन् । ओ सङ्गै वडाले ८२ हजार रुपैयाँ राजश्व संकलन गरिसकेकोछ भने चैत्र महिनाको मसान्त सम्ममा १ लाख राजश्व संकलन गराउने लक्ष्य लिईएको वडा अध्यक्ष वाईबाले जानकारी दिनुभयो ।

स्थानिय समुदायले यस्ता सिविर वार्षिक रुपमा भैदिए निक्कै राम्रो हुने धारणा ब्यक्त गरेका थिए । जवाफमा अध्यक्ष वाईबाले आगामी आर्थिक बर्ष देखि बार्षिक रुपमै कर संकलन शिविर संचालन गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो । आफ्नो घर आगनमै मालपोत कर तिर्न पाउँदा स्थानिय ज्यादै हर्षित भएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.