मनहरी गाउँपालिकाको २ दिने बिपद पुर्ब तयारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

मनहरी गाउँपालिकाले २ दिने बिपद पुर्ब तयारी सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न गरेकोछ । चैत्र २० र २१ गते सन्चालित तालिममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि एबम मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) ले बिपद कसैलाई खबर गरेर नआउने भएकोले त्यसबाट जोगिन सहि र उत्तम बिकल्प भनेको बिपद सम्बन्धी जानकार रहनु नै हो भन्नुभयो ।

मनहरी गाउँपालिका अधिकांश क्षेत्र खोलाको किनारा क्षेत्रमा रहेकोले बिपदबाट जोगिन बच्ने उपाय थाहा पाउनुपर्ने भएकोले तालिमबाट सिकेका कुराहरुले ब्यबहारिक जिवनमा लागू गर्नेमा बिश्वस्त रहेको भन्दै हामी सबै सजक रहनुपर्नेमा जोड दिनु भएको थियो ।

दुई दिनसम्म संचालित तालिममा २० गते ६,७,८ र ९ नम्बर वडाका सहभागीहरुलाई र २१ गते १,२,३,४ र ५ नम्बर वडाका सहभागीहरुलाई बिपद पुर्ब तयारी सम्बन्धी तालिम प्रदान गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा पालिका भित्रका १३० जना सहभागी रहेको र बिपद सम्भाबित क्षेत्रमा बसोबास गर्ने समुदायका ब्यक्तिहरुलाई बिशेष प्राथमिकता दिएको मनहरी गाउँपालिका सामाजिक बिकास शाखा प्रमुख एबम बन तथा बिपद शाखाका सदस्य सचिब ज्ञानेन्द्र ढकालले जानकारी दिनुभयो । साथै बिपदबाट मानबिय क्षती कम गर्न यो तालिमले मद्धत पुर्याउने बिश्वास ब्यक्त गर्नुभयो ।

अभिमुखिकरण तालिममा बिपदबाट कसरी बच्ने , आकस्मिक घटनाबाट कसरी जोगिने जस्ता पक्षमा जानकारी प्रदान गरिएको थियो । त्यस्तै बिपद मानव लापरबाहीबाट सिर्जित र प्राकृतिक प्रकोप गरि दुई किसिमको हुने र त्यसबाट कसरी जोगिने भन्ने विषयमा जानकारी दिईएको थियो।

कार्यक्रममा मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदीको बिशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै गरि कार्यपालिका सदस्य, फेकोफन मनहरी अध्यक्ष रघुनाथ रुम्बा लगाएत अन्यको आतिथ्यता रहेको थियो । कार्यक्रमको सभाध्यक्षता ९ नम्बर वडा अध्यक्ष एबम बाताबरण तथा बिपद समिती संयोजक राजकुमार श्रेष्ठले गर्नुभएको थियो । अभिमुखिकरणको सहजिकरण जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज प्रसाद पौडेलले गर्नुभएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.