अब होटलहरुमा राक्सिराङ्गले आफ्ना गाउँपालिकाको बालबालिका खोजी गर्छ : अध्यक्ष मल्ल

राक्सिराङ्ग गाउँपालिकाले अब आफ्ना पालिकाको बालबालिकाहरु धेरै नै होटलमा भाडा माझ्ने गरेको पाईएकोले होटल होटलमा बिधालय उमेर समुहका बालबालिकाको खोजी गर्ने बताउनुभएकोछ ।

बुधबार फ्युचर जेनेरेशन नेपालले आयोजना गरेको १४ जना बालबालिकाको अभिभावकलाई हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले बालबालिका प्रती अभिभावक स्वयं सजक र उत्तरदायी हुनु आवश्यक रहेको बताउनुभयो ।

कुनै पनि काम बिग्रेपछि स्थानिय सरकारलाई गाली आउँने गरेको भन्दै पालिका सरकार एउटा समन्वयकारी भुमिका खेल्ने संस्थान भएको बताउनुभयो । साथै पालिकाले शिक्षामा लगानी गर्दै आईरहेको छ भन्नुभयो ।

भैतिक बिकासले सम्पन्न हुनु मात्र बिकास नभएको र अब आर्थिक र सामाजिक बिकास तर्फ ध्यान दिने समेत बताउनुभयो ।

संस्थाले बुधबार एक कार्यक्रमका बिच राक्सिराङ्ग गाउँपालिका, कैलाश गाउँपालिका र चितवन जिल्लाको राप्ती नगरपालिकाको बालबालिकालाई उनिहरुका अभिभावक समक्ष हस्तान्तरण गरेको थियो । संस्थाले स्थानिय बाल संरक्षण परियोजना अन्तरगत काठमाण्डौ जिल्लाका मापदण्ड बिपरित सन्चालित भएका होस्टेलहरुमा बस्दै आईरहेको बालबालिकाहरुको उद्दार गरि उनिहरुको अभिभावकलाई बुझाएका थिए । सस्थाले बालबालिकाहरुलाई शैक्षिक स्टेशनरी झोला लगाएत अन्य सामाग्री बितरण गरिएको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.