भन्सार छली ल्याईएको ७७ लाख बराबरको सामान मनहरी प्रहरीद्वारा राजस्व अनुसन्धान कार्यालय बारा पठाईयो

भन्सार छली गरि ल्याईएको सामान ईलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ । मंगलबार राती ११ बजेको समयमा सवारी साधन चेकजाँच गर्ने क्रममा भन्सार छली गरि ल्याईएको पाईएको थियो ।

बा. एडि. ४३७० नम्बरको डि आई गाडिमा ल्याईएको सामानको भ्याट बिल र भन्सार छुट बिल नभए पछि नियन्त्रणमा लिईएको थियो । गाडिमा झण्डै ७७ लाख बराबरको फेन्सी तथा मोबाईलहरु बरामद गरिएको र त्यसको थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा लगिएको ईप्रका मनहरीका प्रहरी प्रमुख प्रहरी निरिक्षक दिपक थापाले जानकारी दिनुभयो ।

भन्सार छली गरि ल्याईएको सामान भारतबाट पर्सा जिल्लाको ठोरी हुँदै मनहरीमा आईपुग्दा प्रहरीले समातेको थियो । काठमाण्डौ लैजादै गर्दाको अवस्थामा उक्त सामान नियन्त्रणमा लिईएको थियो । प्रहरीले गाडीसंगै गाडी चालकलाई पनि नियन्त्रणमा लिईएकोछ ।

भन्सार छली गरि ल्याईएको आईफोन १५ प्रो म्याक्स सहित विभिन्न कम्पनीका ८२ थान मोबाईल,लेडिज सल४५० सेट, लेडिज कुर्ता सुरुवाल २०२ पिस,लेडिज कुर्ता २१८ पिस,मोदि कोट २५९ पिस,टिसर्ट विभिन्न कम्पनिका गरि ८२० सेट, रेडिमेट साडी ८८ पिस, लेडिज कक सुज २१० जोर, जम्प सुज १९ जोर, लेडिज पाईन्ट ७० पिस, लेडिज वान पिस २४१ थान र लेडिज टक्स १४७ थान लगाएतका सामान मनहरी प्रहरीले नियन्त्रणमा लिईएको थियो ।

बरामद गरिएको सामान र सवारी साधन बुधबार राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको मनहरीका प्रहरी प्रमुख प्रहरी निरिक्षक दिपक थापाले जानकारी दिनुभयो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.