पहिलो पटक एसईईको सेन्टर प्राप्त गरेको राक्सिराङ्गद्वारा बिद्यार्थीलाई खाद्यान्न सहयोग 

परिक्षामा सहभागी हुने बिद्यार्थीलाई राक्सिराङ्ग गाउँपालिकाले खाद्यान्न सहयोग गरेकोछ । चैत्र १५ गते देखि शुरु हुने एसईईको परिक्षामा सहभागी हुने पालिकाका ५ वटा बिधालयका २ सय  तीन जना  बिद्यार्थीहरुको लागि खाद्यान्न सहित दाल ,तेल  र नुन बितरण गरेको हो ।

परीक्षा अवधी भरको लागि पुग्ने गरि प्रती बिधार्थी  आधा बोरा अर्थात १२ किलो आधा चामल , एक किलो ग्राम मुसुरोको दाल , आधा लिटरको एक प्याकेट टेल र एक प्याकेट नुन बितरण गरिएको हो ।

राक्सिराङ्ग गाउँपालिकाको केन्द्र चैनपुरमा एक कार्यक्रमका बिच पालिका अध्यक्ष, उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत ३ र ५ नम्बर वडाका अध्यक्षहरु लगाएत परिक्षामा सहभागी हुने बिधालयका प्रतिनिधि शिक्षक लगाएतकाको उपस्थितिमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

बितरण कार्यक्रममा बोल्दै राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आफ्नो पालामा परिक्षा दिन हेटौंडा जाँदा कोठा कालो बनाउदा घरबेटीले गाली गरेको स्मरण गर्दै यो पुस्ताले आज आफ्नै पालिका भित्र रहेर परिक्षा दिन पाउँदा आफुले आफुलाई  भाग्यमानी ठान्न परिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । त्यस्तै परीक्षा दिदा नडराईकन दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष बनस्तम थिङले परिक्षाको समय अबधी भित्र कहि कतै समस्या आए पालिकासङ्ग निर्धक्क भएर समस्या खोल्न आग्रह गर्नुभयो । साथै खैराङ्ग, पलासे, राक्सिराङ्ग , सिलिङ्गेका बिद्यार्थी भाइ बहिनीहरुले आफ्नै घर आगन सम्झेर परीक्षा दिन आग्रह गर्नुभयो ।

राक्सिराङ्ग गाउँपालिकाको केन्द्रको रुपमा रहेको चैनपुर पालिका सङ्गै अवस्थित प्रजा जागृती माध्यामिक बिधालय चैनपुर  केन्द्रमा पालिका भित्रका ५ वटा माध्यामिक बिधालयहरु राष्ट्रिय माध्यामिक बिधालय सिलिङ्गेबाट ९३ जना नियमित र १६ जना ग्रेड वृद्धि गरि १ सय ९ जना , सुर्योदय माध्यामिक बिधालय पलासेबाट ४९ जना नियमित,१४ जना ग्रेड वृद्धि र २६ जना प्राबिधिक शिक्षा गरि ८९ जना , श्री  माध्यामिक बिधालय देबिटारबाट २९ जना नियमित र ३ जना ग्रेड वृद्धि गरि ३२ जना  , कालिका माध्यामिक बिधालय अठारेबाट ३६ जना नियमित र २ जना ग्रेड वृद्धि गरि ३८ जना  र   कालिका माध्यामिक बिधालय राक्सिराङ्गबाट नियमित तर्फ १३ जना गरि जम्मा २ सय ८१ जना परिक्षामा सहभागी हुँदैछ ।

खाद्यान्न सामाग्री बितरण पस्चात पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत ३,५ नम्बरका वडा अध्यक्षहरु र पत्रकार  सहितका टोलिले परीक्षा हुने बिधालयको निरीक्षक गर्नुभएको थियो ।

अनुगमन पस्चात प्रजा जागृती माध्यामिक बिधालयका प्रधानाध्यापक सुर्य बहादुर प्रजाले प्रतिक्रिया दिनेक्रममा अनुगमनका टोलिलाई सम्पुर्ण तैयारी पूरा भएको जानकारी दिनुभयो । परीक्षा बिहान ८ बजे देखि ११ बजे सम्म संचालन हुनेछ ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
3

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.