बाल विवाह न्यूनीकरणको लागि जिसस मकवानपुरद्वारा सिलिङ्गेमा अभिभावक तथा अगुवासंग अन्तरक्रिया

जिल्ला समन्वय समिति मकवानपुरले राक्सिराङ्ग ६ नम्बर वडाको सिलिङ्गेमा बाल विवाह न्यूनीकरणको लागि अन्तरक्रिया सम्पन्न गरेकोछ ।

कार्यक्रमको प्रमुख अतिथी एबम संविधान सभा सदस्य गोबिन्द राम चेपाङले संविधान सभामा हुँदा थारु समुदायमा बाल विवाहको सुझाब संकलन गरेको र छलफलको विषय बन्न पुगेको स्मरण गर्दै बाल विवाह चेपाङ समुदायमा सबै भन्दा बढी भएको र चेपाङ समुदाय सबै भन्दा बढी सिकार बनेकोले यसबाट मुक्ती प्राप्त गर्नकै लागि यो प्रयास भएको स्पष्ट पार्नुभयो ।

हामी सचेत रह्यौ भने मात्र सरकारले लिएको लक्ष्य पूरा गर्न सकिने भन्दै पुर्ब भौतिक पुर्बाधार राज्य मन्त्री सन्त बहादुर चेपाङले पालिकाको सबै वडाको डाटा तयार पारी निगरानी गर्नुपर्नेमा जोडदिनुभयो ।

कार्यक्रम स्थल छनोट गर्दा सिलिङ्गेलाई छनोट गरिदिनु बएको प्रती आयोजकलाई धन्यबाद दिदै पुर्ब बागमती प्रदेश सभा सदस्य माननीय ओम बहादुर घलानले सामाजिक परिवेशले वातावरण सृजना गरेको हुन्छ र समाजले बर्जित गरेका विषय बस्तुलाई हामिले मान्नै पर्ने भन्दै हामी सजक हुनुपर्ने औल्याउनु भयो ।

कार्यक्रम कार्यान्वयन गराउन स्थानिय जनताकै भुमिका रहने भन्दै जिल्ला समन्वय समिती उप प्रमुख सानू काजी लुईटेलले हामी सचेत हुन जरुरी रहेको बताउनुभयो ।

अघिल्लो पुस्ताले गल्ती गर्यौ तर हाम्रा आउने पुस्तालाई गल्ती गराउनबाट जोगाउन प्रतिबद्धता जनाउन आवश्यक रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौलाले बताउनुभयो ।

राष्ट्रिय माध्यामिक बिधालय सिलिङ्गेमा भएको अन्तरक्रियामा बालबालिकासंगै रहने अभिभावक किन चनाखो रहन जरुरी रहन्छ भन्ने विषयमा अभिभावकलाई जानकार गराईएको थियो । पछिल्लो समयमा बाल विवाहको कारण अभिभावक भएको तथ्यांक रहेको देखिन्छ । बालबालिकासंग सबै भन्दा नजिकको साथी बनेर कसरी अगाडि बढ्ने भन्ने विषयमा जानकार गराईएको थियो ।

नेपाल सरकारले २०८७ बर्ष भित्र सबै स्थानिय पालिकालाई बाल मैत्री घोषणा गर्ने तैयारी गर्दै गर्दा बाल मैत्री स्थानिय शासन प्रणालीमा बाल विवाह रोक्नु आवश्यक रहेको देखिन्छ ।

कार्यक्रममा बालबालिका प्रती किन बिशेष चासो ? भन्ने विषयमा गहन छलफल भएको थियो । छलफलमा स्थानिय अभिभावकले बाल बिबाह र बाल अधिकारका विषयमा चासो ब्यक्त गरेका थिए ।

बागमती प्रदेशमा ११९ वटा स्थानिय पालिका रहेकोमा ६१ वटामा बाल अधिकार समिती गठन भएको छ भने ३६ जना बाल कल्याण अधिकारी नियुक्त गरिएकोछ । त्यस्तै गरि ९ वटा स्थानिय पालिकाले बालमैत्री स्थानिय पालिका घोषणा गरेकोछ ।

गत आर्थिक बर्षको सरकारी डाटा अनुसार बागमती प्रदेशमा २९.३ % बाल विवाह र मकवानपुरमा ३४.९% बाल विवाह भएको पाईन्छ ।बाल हेल्पलाईनको डाटा अनुसार २०२४ को ३ महिना भित्र १५ वटा बाल विवाह भएको देखाईएकोछ ।

 

संविधानसभा सदस्य गोबिन्दराम चेपाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुर्ब बागमती प्रदेश भौतिक पुर्बाधार राज्य मन्त्री सन्त बहादुर चेपाङ, बागमती प्रदेश सभा सदस्य माननीय ओम बहादुर घलानको बिशिष्ट अतिथी, जिल्ला समिती उपप्रमुख सानुकाजी लुईटेल, जिल्ला समन्वय अधिकारी सुर्य प्रसाद चापागाई ,जिसस सदस्यहरु , राक्सिराङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौला, कार्यपालिका सदस्य सिंह राम प्रजा लगाएत राजनैतिक दलका स्थानिय प्रतिनिधि , संघ सस्थाका प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

बाल विवाहको उच्च जोखिम मानिएको राक्सिराङ्गको बिकट क्षेत्रमा बाल विवाह सम्बन्धी अन्तरक्रिया चलाईएको जिल्ला समन्वय समिति प्रमुख तथा कार्यक्रमका सभाध्यक्ष ललित घलानले बताउनुभयो । बालबालिका लाई बाल बिबाह तर्फ होईन शिक्षा प्रदान गर्न तर्फ लाग्न आग्रह समेत गर्नुभएको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.