प्रदेश सरकारको लगानीमा प्रदेशकै सबै भन्दा लामो पक्की पुल मनहरी गाउँपालिकामा बन्ने भएकोछ । पालिकाको वडा नम्बर ५ र ९ लाई जोड्ने रजैया दर्दरा पक्की पुलको शिलान्यास बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले गर्नुभएको हो ।
पुलको शिलान्यास गर्दै मुख्यमन्त्री जमकट्टेलले सबैको प्रयासबाट सम्भव भएको भन्दै पुल समयमै बनाउन निर्माण ब्याबसायिलाई निर्देशन दिनुभयो । बागमती प्रदेश सरकारले बिकासको मोडालिटी परिवर्तन गरेको भन्दै अब पक्की पुल र सडक जस्ता ठुला आयोजनाको कार्य गर्ने र बाकी टुक्रे योजनाहरु पालिका सरकार सङ्ग समन्वय गरि अगाडि बढ्ने बताउनुभयो । पुलको निर्माण कार्य सम्पन्न भए पछि बागमती प्रदेशको समृद्धिको लागि लाभान्वित क्षेत्रले महत्वपुर्ण भुमिका निर्वाह गर्नेमा बिश्वास ब्यक्त गर्नुभयो ।
प्रदेश भरिमै सबै भन्दा लामो पुल भनिएको पुलको लम्बाई २ सय ५६ मिटर रहनेछ ।त्यस्तै गरि पुल ८ मिटर ४० सेन्टिमिटर चौडाई रहनेछ । बि टि आर एस निर्माण सेवा काठमाण्डौले निर्माण शुरु भएको ३ बर्ष भित्र सक्ने गरि २०८३ बैशाख ४ गते सक्ने गरि पुल निर्माणको ठेक्का हात पारेको हो ।
कार्यक्रममा बागमती प्रदेशका भौतिक बिकास मन्त्री माननीय युवराज दुलाल, सामाजिक बिकास मन्त्री माननीय कुमारी मुक्तान, पुर्ब संघिय स्वास्थ्य मन्त्री बिरोध खतिवडा, संविधान सभा सदस्य राजाराम स्याङ्तान, सम्सद एकलाल श्रेष्ठ, पुर्बाधार बिकास कार्यालयका प्रमुख बिरेन्द्र चौधरी, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती,उपाध्यक्ष सीता पुलामी मगर, पालिकाका पुर्ब अध्यक्ष एकराज उप्रेती ,वडा अध्यक्ष लगाएत अन्यको आतिथ्यता रहेको थियो । कार्यक्रम ५ नम्बर वडाको अध्यक्ष दिपेन्द्र अधिकारिको अध्यक्षतामा सम्पन्न भएको थियो ।