मनहरी २ नम्बरमा २४ जना मोतिबिन्दुका बिरामी फेला २ सय ३३ जनाले जचाए आँखा

मनहरी गाउँपालिकाको वडा नम्बर २ मा आयोजित एक दिने निशुल्क आँखा सिबिर सम्पन्न भएकोछ ।

२ नम्बर वडा कार्यालयमा आयोजित शिबिरमा २ सय ३३ जनाले आँखा जचाएका थिए । मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर रेखाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । त्यस्तै गरि २ नम्बर वडाका अध्यक्ष राजकुमार पाख्रिनको बिशेष आतिथ्यता रहेको थियो ।

शिबिरबाट २४ जना मोतिबिन्दुका बिरामी फेला परेको मनहरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम चन्द्र दाहालले जानकारी दिनुभयो । मोतिबिन्दुका २४ बिरामी मध्ये १४ जना महिला र १० जना पुरुष रहेको पनि दाहालले जानकारी दिनुभयो ।

हेटौंडा सामुदायिक आँखा अस्पतालबाट डाक्टर कृष्ण ढुंगानाको नेतृत्वमा आएका टोलिले शिबिरमा आँखा जाँच गरेका थिए । शिबिरबाट फेला पारिएका मोतिबिन्दुका बिरामीहरुको हेटौंडा सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने र पालिकाले आउने र जाने यातायात खर्च ब्यहोर्नेछ । ४ गते आईतबार वडा नम्बर ८ मा पत्ता लागेका मोतिबिन्दुका बिरामी र २ नम्बरबाट पत्ता लागेका २४ जना बिरामीलाई यहि चैत्र ६ गते हेटौंडा आँखा अस्पताल लगिने र ७ गते बिरामीको आँखाको शल्यक्रिया गरिनेछ । भोलि हुने ८ नम्वर वडाको शिबिरमा १०:०० बजे देखि ३:०० बजेसम्म बिरामीको जाँच गरिने पालिकाले जानकारी दिईएकोछ ।

कार्यक्रम सफल पार्नको लागि वडाका जनप्रतिनिधी ,२ नम्बर वडा स्वास्थ्य केन्द्र र महिला स्वयंसेविकाको सक्रिय सहभागिता रहेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.