मनहरी गाउँपालिकाले २ दिन दुई छुट्टाछुट्टै वडामा निशुल्क आँखा शिबिर गर्दै

मनहरी गाउँपालिका वडा नम्बर २ मा एक दिने आँखा सिबिर हुने भएकोछ । गाउँपालिका कार्यालय र सामुदायिक आँखा अस्पताल हेटौंडाको संयुक्त आयोजनामा चैत्र ३ गते शनिबारको दिन आँखा सिबिर राखिएको स्वास्थ्य शाखा प्रमुख राम चन्द्र दाहालले जानकारी दिनुभयो ।

सिबिरबाट पत्ता लागेका मोतिबिन्दुका बिरामीको लागि हेटौंडा आँखा अस्पतालमा निशुल्क सल्यक्रिया गरिने समेत आयोजकले जानकारी दिईएकोछ । २ नम्बर नजिकका वडाका आँखाका बिरामीहरुलाई निशुल्क हुनलागेको सिबिरमा आई फाईदा लिन आयोजकले आग्रह समेत गरेकोछ ।

स्थानिय आयोजकको रुपमा रहेको गाउँपालिकाले ३ र ४ गते छुट्टाछुट्टै वडामा निशुल्क आँखा सिबिर गर्दैछ । ३ गते २ नम्बर वडा र ४ गते आईतबार ८ नम्बर वडा कार्यलयमा सिबिर संचालन गर्ने तयारी गरेको हो । आँखा सिबिर बिहान १० बजे देखि ३ बजेसम्म सन्चालन हुने स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिनुभयो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.