खाद्य तथा किराना ब्याबसायी संघ मनहरीको नेतृत्वमा कुबेर राउत

खाद्य तथा किराना ब्यबसायी संघ पश्चिम क्षेत्र समिती मनहरी मकवानपुरको नयाँ नेतृत्वमा कुबेर राउत चयन हुनुभएकोछ । राउत सस्थाको नवौं औं साधारण सभा तथा पाचौं अधिबेशनबाट नयाँ नेतृत्वमा चुनिनुभएको हो ।

चितवन खैरहनी ४ कंकाली माईमा आयोजित बनभोज कार्यक्रमका बिच संघको नयाँ कार्य समिती गठन गरिएको हो । नब गठित समितिमा सुरेश शाह,गोबिन्द बर्तौला,राम कुमार पुडासैनी क्रमशः उपाध्यक्ष,महासचिव र सचिबमा चयन हुनुभएकोछ ।त्यस्तै कोषाध्यक्ष र सह – कोषाध्यक्षमा रामहरी उप्रेती र शारदा जैशी चयन हुनुभएकोछ । नब निर्मित कार्यसमितिको सदस्यहरुमा मिरा मल्ल,गिता कर्मचार्य,चुडामणी ढुंगाना,दीप सुबेदी,धन कुमारी श्रेष्ठ,ईन्द्रलाल बोम्जन,टिकाराम गिरि , चुडा बहादुर गिरि र गंगा पाठक रहनुभएकाछन् ।

मकवानपुर उद्योग बाणिज्य पश्चिम क्षेत्र समिती मनहरीका सभापती गणेश मान मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका निबर्तमान सभापती नारायण सुबेदीको बिशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष रामचन्द्र उप्रेती, महासचिव पदम तितुङ र विभिन्न एसोसिएसनमा आवद्ध पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।

संघले सस्थापक कोषाध्यक्ष स्वर्गीय मान प्रसाद ढुंगानाको योगदानको कदर गर्दै उहाँकी धर्म पत्नी गङ्गा ढुंगानालाई सम्मान पत्र प्रदान गरिएको थियो ।

निबर्तमान अध्यक्ष बेदमणि सेडाईको सभाध्यक्षता सम्पन्न कार्यक्रमको सहजिकरण निबर्तमान सचिब एबम नब गठित समितीका महासचिव गोबिन्द बर्तौलाले गर्नुभएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.