राक्सिराङ्ग गाउँपालिकामा १ गते र १५ गते हुँदै आई रहेको कृषि हाटबजार सफल हुँदै गईरहेकोछ । चैत्र १ गतेको हाटबजार ब्यबस्थापनको जिम्मेवारी पाएको वडा नम्बर ५ ले यस पटक राम्रो ब्यबस्थापन गरेको देखियो ।
यस पटकको कृषि हाटबजारमा नौलो अभ्यास भएको देखिन्छ । प्लास्टिकको झोलालाई न्युनिकरण गराउने उद्देश्यले स्थानिय क्षेत्रमा रहेको बासबाट उत्पादित पेरोङ्गो सामान किन्दा निशुल्क उपहार प्रदान गरिएको थियो । साथै फोहोर संकलन गर्नको लागि बासको चोयाबाट निर्मित डस्टबिन प्रयोगमा ल्याईएको छ ।
स्थानिय स्तरमा उत्पादित रैथाने बाली तथा तरकारी , तरुल , गिट्ठा ,दहि ,मोहि, चिउरिको मह , सिस्नुको तरकारी , फापरको रोटी ,लोकल कुखुरा, बङ्गुरको मासु लगाएत अन्य दैनिक उपभोग्य बस्तुहरुको बिक्रीवितरण राम्रो भएको कृषि हाटबजारका आयोजक एबम वडा नम्बर ५ का सचिब ईन्द्र बहादुर जिरेलले दाबी गर्नुभयो ।
यस्तै गरि सानो उमेरको छ्दा चैनपुरमा हाटबजार लाग्ने गरेको बिगदलाई सम्झदै २०५० सालको बाढी र झगडाको कारण रोकिएको हाटबजारले पुनर्ताजगी लिएको प्रती खुसी ब्यक्त गर्छन स्थानिय युवा बिबेक थिङ । कृषि हाटबजारलाई सफल बनाउन पालिकाले केही सेवाहरु हाटबजार स्थलबाटै प्रदान गरे पछि हाटबजार थप प्रभावकारी देखिन्थ्यो । मुख्यमन्त्री स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत सुगर प्रेसरको निशुल्क जाँच , किसानलाई उपलब्ध गराउदै आईरहेको अनुदानको मल र कृषक कार्ड बितरण लगाएतका कार्यक्रमले हाटबजारमा आउने सेवाग्राहीलाई थप आकर्षित गरेको थियो । हाटबजारबाट १ सय ५० जनाले कृषक कार्ड बनाएको पालिकाले जानकारी दिएकोछ ।
परम्परागत सिपको प्रयोगबाट निर्मित नाङ्गो, फुर्लुङ , सिबृङ्ग,डोको,डालो लगाएत कुटो कोदाली र अन्य सामाग्रीले राम्रो बजार पाएको थियो ।
यस पटकको हाटबजारबाटै खेलको नयाँ बिधा अन्तर्गत भलिबल खेलले पनि स्थान पाएकोछ । ६ वटा टिमको प्रतिस्पर्धा रहेको खेलमा राक्सिराङ्ग ३ नम्बर वडाको युवा टोलि प्रथम हुँदै नगद ७ हजार रुपैयाँ प्राप्त गरे ।
हाटबजारलाई थप रोचक बनाउन पुर्ब जनमुक्ति सेना अबिशेक चेपाङको बासुरीको धुन र मादलको ख्याली ,करन ब्लोन र निरज मुक्तानको प्रस्तुतिले दर्शकलाई नचाएका थियो । त्यस्तैगरी प्रजा जागृती माध्यामिक बिधालय चैनपुरका बिधार्थिहरुको नृत्य प्रस्तुत भएको थियो ।
राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मन्तब्य ब्यक्त राख्दै अध्यक्ष मल्लले सस्कृतिको जगेर्ना गर्नु, स्थानिय उत्पादनको बजारिकरण गराउन सहयोग मिलोस भन्दै पालिकाले कृषि हाटबजारको परिकल्पना गर्दै अगाडि बढ्दै गएको र आज सम्म आईपुग्दा सबै हाटबजार सफल भएको भन्दै हाटबजार आयोजकको रुपमा रहने वडाहरुको मुल्यांकन गर्दै पुरस्कृत समेत गरिने अताउनुभयो । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत देबचन्द्र गर्तौला बिशेष अतिथी,त्यस्तै बिशेष अतिथिमा ६ नम्बर वडाका अध्यक्ष अक्कल मोक्तानको आतिथ्यता रहेको थियो । यस्तै कार्यपालिका सदस्य चन्द्रमान प्रजा, विभिन्न पार्टी, संघ सस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
राक्सिराङ्ग गाउँपालिका र नाफान सस्थाको समन्वय तथा ५ नम्बर वडाको आयोजनामा आयोजित कार्यक्रम ५ नम्बर वडा सदस्य भीषण प्रजाको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।