मनहरी – चैनपुर राक्सिराङ्ग सडक खण्डको कालोपत्रेका लागि तैयारी तिब्र हुँदै

राक्सिराङ्ग गाउँपालिकालाई राष्ट्रिय राजमार्गसंग जोड्ने
मनहरी – चैनपुर राक्सिराङ्ग सडक खण्ड कालोपत्रेका कार्यले तिब्रता पाईएकोछ ।

आर्थिक बर्ष २०७६/७७ मा भौतिक पुर्बाधार बिकास मन्त्रालय अन्तर्गत पुर्बाधार बिकास कार्यालय भरतपुर चितवनबाट योजना अगाडि सारिएको थियो । डि. एस. निर्माण कम्पनी प्रा.ली. हेटौंडा ११ मकवानपुरले ठेक्का हात पारेको थियो । डि. एस. निर्माण कम्पनिले १३ करोड २६ लाख ८१ हजार ९६ रुपैयाँ ४१ पैसामा काम सम्पन्न गर्ने गरि योजना आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

२०७७/०६/०१ मा सम्झौता भई २०७९/०५/३१ गते सम्पन्न गर्ने गरि कार्य अगाडि बढाईएको योजनाको २०८०/०९/०५ गते र २०८१/०२/३० गते सम्म सम्पन्न गर्ने गरि दुई पटक म्याद थप गरिएको थियो । दोश्रो पटकको म्याद थपमा भने सडकको कालोपत्रेका लागि ७५ प्रतिशत कार्य सम्पन्न भईसकेको कार्यालयका प्राबिधिक बुद्धि राज बरालले जानकारी दिए ।

मनहरी चैनपुर राक्सिराङ्ग सडक खण्डको कालो पत्रेसङ्गै नाला निर्माण, ठाउँ – ठाउँमा सडक चौडा र तार जाली लगाउने कार्य भईरहेको बरालले बताए । बजेट कार्यक्रमले सडकको लम्बाई ५.५६ किलोमीटर कालोपत्रे हुनेछ भने ६ मिटर देखि ७ मिटरको चौडा बाटो कालोपत्रे गरिनेछ । त्यस्तै गरि मनहरीबाट प्रबेश गर्ने क्षेत्रमा ५ मिटर चौडा रहनेछ ।

बाटो कालोपत्रे भए पस्चात मनहरी चैनपुरको यात्रा धुलो रहित र आरामदायी रहने छ ।पुर्ब पश्चिम राजमार्ग ( महेन्द्र राजमार्ग) देखि ७ किलो मिटरको दुरिमा रहेको पालिकाको केन्द्र चैनपुरलाई पक्की सडकले जोड्ने पालिकाको गौरबको योजना सफल हुनेछ ।

निर्माण ब्याबसायी उत्तम भट्टराईले कालोपत्रेको लागि आवश्यक पर्ने कार्यहरु तिब्र गतिमा भईरहेको बताउदै चैत्र महिनाको १५ गते भित्र काम सम्पन्न गरिसक्ने लक्ष्य लिईएको बताए । सोही अनुसार २ सेट रोडा भेटर र अन्य हेभी ईक्युपमेन्ट प्रयोग गरि युद्ध स्तरमा काम भईरहेको बताए । दक्ष, अर्धदक्ष र अदक्ष गरि दैनिक एक सयको हाराहारीमा जनशक्ती काममा लागि परिरहेको समेत जानकारी दिनुभयो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.