स्याउ बयर खेतीमा ब्यस्त मनहरीका केशब; भारतबाट आयातित बयरको कारण उचित बजार पाउन भने चुक्दै

देशका युवा जगत रोजगारको शिलशिलामा धेरै जसो बिदेशमा रहेको बेला मनहरी ७ नम्बर वडा रमौलीमा भने देशमै केही गरौ भनेर कृषि क्षेत्रमा रमाईरहेकाछन् ।

२९ बर्षिय केशब राउतलाई भने उनको आफ्नै फार्ममा ब्यस्त अवस्थामा भेट्टाउन सकिन्छ । डेड बिगाहा क्षेत्रफलमा १ हजार ४ सय स्याउ बयर अर्थात कस्मिरी रेड एप्पलको बिरुवा लगाएका उनलाई यतिखेर बयर टिप्ने र बजार सम्म पुर्याउन भ्याईनभ्याई देखिन्छ ।

स्वादिष्ट फल हुँदाहुँदै पनि नेपाली बजारमा भने सोछे अनुरुप बजार लिन नसकेको प्रती चिन्ता ब्यक्त गर्छन उनी कारण हो भारतबाट आयातित हरियो बयर । तुलनात्मक रुपमा हरियो भन्दा स्वादिष्ट भएपनी बजारमा भारतिय स्याउको भाउ कम भएको कारण प्रतिस्पर्धा गर्नलाई गार्हो परेको समेत जानकारी दिनुभयो ।

दैनिक एक कुईन्टलको हाराहारीमा बयर बजार जाने गरेको उनलाई स्थानिय बजारले भने आशा जगाएकोछ ।त्यसको साथ साथै घरबाटै पनि ४०/५० किलो बिक्री हुने गरेको कारण उत्साहितछन्। आजैबाट नारायणघाटको एक ब्यापारिले होलसेलमा ३५/४० किरेट उठाउन लागेको समेत जानकारी दिनुभयो ।

स्याउ बयरको बजार भाउ थोकमा १०० देखि ११० रुपैयाँसम्म रहेको र खुद्रा १५० रुपैयाँसम्म रहेकोछ ।

पहिलो बर्ष र दोश्रो बर्ष क्रमश : १० टन र १५ टन फलाउन सफल राउतले तेश्रो बर्षमा भने प्रतिदिन १ कुइन्टल बेच्न सफल भएका उनले गत बर्ष उचित बजारको अभावमा आधा भन्दा बढी बयर त्यसै खेर फ्यालेका थिए ।

मौसममा आएको परिबर्तनको कारण यस पटक केही ढिला भएको र बोटले ३ महिना निरन्तर फल दिनेछ । नयाँ प्रकारका खेती भएको कारण बाली बिमा समेत नहुने भएको कारण बोटले राम्रो फल दिएपनी पुर्णरुपमा फलको प्रतिफल प्राप्त गर्न भने मौसमको अवस्थामा भर पर्नु परेको र कोल्ड स्टोरमा राखेर पछि बेच्न पनि नमिल्ने भएको कारण निर्धारित समयमै बजारमा पुर्‍याउनुपर्ने बाध्यता रहेकोछ ।

 

बयरलाई बजारसम्म पुर्याउनको लागि प्रती केजि ५० रुपैया लागत आफ्नै लाग्ने गरेको बताउदै राउतले बताउनुभयो ।

२०७२ सालको बिनासकारी महा भुकम्प पस्चात कुरिलो खेतीबाट शुरु गरेको उनले ४ बिगाहामा कुरिलो खेती गर्दै कृषि क्षेत्रमा हात हालेका थिए । त्यस पछि कृषि ब्यबसायलाई अझ बढावा दिने क्रममा कागती लगाउन बिरुवाको अर्डर गरिसकेको अवस्थामा पनि केही नयाँ काम गर्नुपर्छ भन्दै स्याउ बयर तर्फ आकर्षित भएर बयरका अन्य प्रजातीलाई भन्दा महङ्गो रेट तिरेर भएपनी मकवानपुर जिल्लामै पहिलो पटक बयर खेती गर्ने युवा कृषक बनेका थिए । त्यसो त कुरिलो खेती गर्ने कृषकमा मकवानपुरमै पहिलो बनेका युवा कृषक राउतले सिजनको समयमा दैनिक ७० किलो कुरिलो उत्पादन गर्दै आईरहनुभएकोछ ।

फरक प्रसङ्गमा नेपाल सरकारको अनुदान कार्यक्रमको कार्यबिधी बाधक रहेको बताउदै उत्पादनको लागत खर्चमा पनि अनुदान दिनुपर्ने बताउनुभयो । त्यसले मात्र कृषकको कृषि उत्पादनमा प्रभावकारीता हुने समेत बताउनुभयो । राउतको स्याउ बयर बाहेक कुरिलो र लोकल कुखुरा फार्म पनि सन्चालनमा रहेकोछ । कृषि कर्ममा जोडिदै गर्दा ३ जनाको परिवारलाई बार्षिक कामदार र सिजनको बेला ६/७ जना दैनिक ज्यालादारीमा कामदारलाई रोजगार समेत प्रदान गर्दै आईरहनुभएकोछ भने पछिल्लो समयमा २ बिगाहामा कुरिलो र डेढ बिगाहा क्षेत्रफलमा स्याउ बयर लगाउदै आईरहनुभएकोछ ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.