बिबिध कार्यक्रमका बिच मनहरी गाउँपालिकाले मनायो ११४ औं अन्तराष्ट्रिय महिला दिवस

मनहरी गाउँपालिकाले ११४ औं अन्तराष्ट्रिय महिला दिवस बिबिध कार्यक्रमका साथ मनाएकोछ । बिहिबार पालिकाको उपाध्यक्ष सीता पुलामी मगर ( रेखा ) को प्रमुख आतिथ्यतमा लामिटार सभाहलमा कार्यक्रम गरि मनाईएको हो ।

मार्च ८ को दिन मनाउदै आईरहेको अन्तराष्ट्रिय महिला दिवसको दिन नेपाली हिन्दु धर्मावलम्बीले मनाउने चाड शिवरात्री परेको कारण पालिकाले १ दिन अगावै अर्थात फाल्गुन २४ गते नै मनाएको हो ।

पालिकाले महिला दिवसलाई भब्यरुपमा सफल पार्नको लागि खुल्ला निबन्ध प्रतियोगिता , बक्तृत्वकला प्रतियोगिता,म्युजिकल चेयर , हाजिरी जवाफ प्रतियोगिता लगाएतका कार्यक्रमलाई थप गरिएको थियो ।त्यस्तै गरि वडा नम्बर ३ स्तरीय बाल सन्जालले महिला हिन्सा न्यूनीकरण सम्बन्धी नाटक समेत प्रदर्शन गरिएको थियो ।

मनहरीमा महिलाको अवस्था चुनौती र अवसर शिर्षकमा खुल्ला निबन्ध लेखन प्रतियोगिता र महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी बिषयक बक्तृत्वकला प्रतियोगिताले कार्यक्रमलाई थप सार्थकता प्रदान गरेको थियो । खुल्ला निबन्ध प्रतियोगितामा नीर कुमारी राउत प्रथम हुन सफल भएका थिए । उनले प्रथम हुँदै ४ हजार ५ सयमा कर कट्टि गरि रकम हात पारे । त्यस्तै गरि
मन्दिरा ढकाल दोश्रो हुँदै २ हजार ५ सयमा कर कट्टि गरि रकम हात पारिन । त्यस्तै सपना बर्तौला र देबकी ढुंगाना दुबै जना तेश्रो हुँदै समान १ हजार ५ सयमा कर कट्टि हुनेगरी रकम हात पारे ।

त्यस्तै गरि मनिषा पुडासैनी बक्तृत्वकला मा भाग लिदै पहिलो हुँदै १ हजार ५ सय रुपैयाँमा कर कट्टि हुने गरि रकम हातपारे ।

त्यस्तै गरि रोमान्चपुर्ण म्युजिकल चेयर प्रतियोगितामा सहभागी सबैलाई पछि पार्दै मनहरी ९ कि बिमला श्रेष्ठले २ हजार ५ सयमा कर करकट्टि हुने गरि रकम हात पारिन ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एबम मनहरी गाउँपालिका उपाध्यक्ष मगरले महिलाको अधिकार सवालमा महिला आफै जागरुक हुन आवश्यक रहेको भन्दै महिलाको उत्थान र बिकासमा आफुले सकेको जति काम गर्दै आईरहेको भन्दै सबै जना हातमा हात र साथमा साथ दिएर अगाडि गढ्नुको बिकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा मनहरी गाउँ पालिका प्रमुख कार्यकारी अधिकृत रमेश सुबेदी, कार्यपालिका सदस्यहरु, पालिकाको विभिन्न शाखा प्रमुखहरुको आतिथ्यता रहेको थियो । त्यस्तै गरि महिला कर्मचारी, विभिन्न संघ सस्थामा आवद्ध महिलाहरुको सहभागिता रहेको थियो । पालिका सदस्य राममाया नगरकोटिको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण महिला तथा बालबालिका शाखा प्रमुख शिला अधिकारीले गर्नुभएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.