मनहरीमा पहिलो पटक धान रोप्न मेसिन प्रयोग जिल्ला समन्वय प्रमुख घलानले गरे उद्घाटन

मनहरी गाउँपालिकामा चैत्य धान रोप्नको लागि यो पटक मेसिन ल्याईएकोछ । मनहरी ९ ज्यामिरेमा धनेश्वरी कृषक समुहले खेती गर्दै आईरहेको चक्लाबन्दी खेती अन्तर्गत १ बिगाहा क्षेत्रफलमा धान रोप्नको लागि अत्याधुनिक मेसिनको प्रयोग गरि मकवानपुर जिल्ला समन्वय प्रमुख ललित घलानले उद्घाटन गर्नुभएकोछ ।

 

उद्घाटन पस्चात प्रतिक्रिया दिनुहुँदै घलानले पछिल्लो समयमा काम गर्ने जनशक्तिको अभावलाई मध्यनजर गर्दै र कृषिलाई प्रबिधी युक्त बनाउन यो कार्यक्रमले निक्कै महत्व राख्ने भन्दै अब प्रविधिमैत्री बन्नु आवश्यक रहेको बताउनु भयो । त्यस्तै गरि उत्पादनमा वृद्धि गर्न यो प्रबिधिले सहयोग पुर्याउनेमा बिश्वास ब्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम अन्तर्गत मनहरीको ९ नम्बरमा बिगद ३ बर्ष देखि चक्लाबन्दी खेती गर्दै आईरहेकोछ । झन्डै ६० बिगाहा क्षेत्रफलमा परियोजना लागू भैइरहेकोछ ।

कार्यक्रमलाई सम्बोधन गर्न बागमती प्रदेश कृषि मन्त्रालय सचिव , परियोजनाका डाईरेक्टर, प्रदेशका प्रमुख , चितवन – मकवानपुर कार्यक्रमका प्रमुख , ज्ञान केन्द्र चितवनका प्रमुख, मनहरी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ लगाएत प्राबिधिकहरुको उपस्थिती रहेको थियो ।

साना किसान कृषि सहकारी सस्था लिमिटेडका अध्यक्ष बिमला कार्कीले साना किसान आफैले पनि धान रोप्ने मेसिन खरिद गर्न लागेको र ठेक्का प्रक्रियामा रहेको बताउनुभयो । यो प्रबिधी भित्रिएपछि कृषकको कम लागत र उत्पादनमा समेत वृद्धि हुनेछ भन्दै अब प्रबिधी मैत्री बन्नुको बिकल्प नरहेको बताउनुभयो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.