मनहरीका महिला उद्यमी प्रजाको लोभ लाग्दो काक्रो खेती ८ पटक टिप्दा १० लाख आम्दानी

कृषि क्षेत्रमा केही फाईदा छैन भन्ने मानिसको कमि छैन आजभोलि । तर त्यही कृषि क्षेत्रबाटै मनग्ये आम्दानी गरेर उदाहरण बनेकाछन् मनहरी गाउँपालिका वडा नम्बर ७ निर्मलबस्तीका लक्ष्मी प्रजा ।

काक्रोको बेमौसमी खेतीबाट उनले ८ पटक टिप्दा १० लाख बराबरको काक्रो बिक्री गरिसक्नुभएकोछ । भक्तपुरे लोकल काक्रोको बजार भाउ पछिल्लो समयमा १ सय २० रुपैयाँ देखि ३५ रुपैयाँसम्म भाउ पाईएको र उत्पादन भएको काक्रो बजारसम्म पुर्‍याउन नपर्ने व्यापारी बारिमै आएर लैजाने गरेको समेत प्रजाले जानकारी दिनुभयो ।

आफ्नो र भाडामा गरि २ बिगाहा क्षेत्रफलमा काक्रो खेती लगाउनुभएको प्रजाको पछिल्लो समयमा महिला उद्यमीबाट सफल कृषक महिला उद्यमीको रुपमा स्थापित हुँदै गरेको पाईन्छ । बिगद ७ बर्ष देखि व्यावसायिक खेतीलाई जोड दिईदै आईरहनुभएको प्रजा आफै पनि उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिती मनहरीको नेतृ , सिलाई कटाई प्रशिक्षक एबम प्रोप्राईटर , शैक्षिक क्षेत्रको लगानी कर्ता र अन्य थुप्रै क्षेत्रमा आवद्ध हुँदै समाज सेवा गर्दै आईरहनुभएकोछ ।

उहाँको अनुसार अब कृषि क्षेत्रलाई ब्यबस्थित रुपले अगाडि बढाउनको लागि अनुग्रह पशु तथा कृषि फर्म दर्ता गरिएको र फर्मबाट थप नयाँ कार्यक्रम गर्ने योजनामा रहेको समेत बताउनुभयो ।

उनको यो सफलताको पछाडी घर परिवारका सदस्यहरु रहेकोछ । प्राबिधिक ज्ञानको कमिले गर्दा जति उत्पादन लिनुपर्ने हो त्यो नभएको र पालिकाबाट प्राबिधिक सहयोग प्राप्त नभएको साथै कुनै अनुदान समेत नलिई खेती गरेको प्रजाले बताउनुभयो ।

कर्म गर्यो भने यहि मनग्य आम्दानी लिन सकिने र बिदेश गएर पनि दु:ख गर्नै पर्ने भएकोले आफ्ना घरका छोरा छोरीलाई पनि अहिले देखिनै कृषि खेती तर्फ अभ्यस्त गराउदै लैजान लागेको प्रजाको भनाईछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
6

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.