पालिका अध्यक्षद्वारा गौरबको योजनाको रुपमा रहेको दुङ्गु – गार्खा र गार्खा – रतुवा सडक खण्ड अनुगमन

बहु चर्चित परेवाभिर सडक खण्डको बाटो हुँदै पाखाबाट चल्ने बाटोको दुङ्गु – गार्खा र रतुवा सडक खण्ड राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र पालिकाको प्रमुख प्रशासकीय अधिकृत देबचन्द्र गर्तौला सहित पालिकाको प्राबिधिक टोलिले अनुगमन गरेको हो ।

पालिकाले चैनपुर चौकिटार हुँदै मलेखु जोड्ने सडक खण्डमा पर्ने दुई वटा खण्डको बाटो सम्पन्न भए पस्चात खोलाको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्नेछ ।

राक्सिराङ्ग गाउँपालिकाले दुङ्गु – गार्खा र गार्खा – रतुवा सडक खण्ड स्तर उन्नती र मर्मतको लागि ४०/४० लाख छुट्टाई कार्य अगाडि बढाईएको थियो । नेपाल सरकारको बित्तीय हस्तान्तरणको सामानिकरण अनुदान कार्यक्रम अन्तर्गत उक्त सडक खण्डको बाँकी काम सम्पन्न गर्नको लागि बजेट बिनियोजन गरिएको थियो ।

राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने निर्माण गर्न बाँकी रहेको क्षेत्रको दुङ्गु- गार्खा सडक खण्डको कार्य ७०% सम्पन्न भई सकेको र थप सडकको अग्लो अग्लो भागलाई घटाउने कार्य भईरहेको त्यस्तै अर्को सोही सडक अन्तर्गत पर्ने गार्खा – रतुवा सडक खण्डको निर्माण कार्य ८०% सकिएको र अब मुल सडकको ट्र्याक जोड्न ३० मिटर बाँकी रहेको पालिकाको प्रमुख प्रशासकीय अधिकृत गर्तौलाले जानकारी दिनुभयो ।

निर्माणधिन अवस्थामा रहेको सो क्षेत्रको अनुगमन पस्चात पालिका अध्यक्ष मल्लले अबको १ महिना सम्ममा खोलाको बाटो प्रयोग नगरिकन पाखाको बाटो बाटै आवतजावत गर्न सकिने प्रतिक्रिया दिनुभयो । अब परेवाभिरको बाटो हुँदै मलेखु निक्सने बाटोले सार्थकता पाउँदैछ भन्दै यो बाटो बनिसकेपछी राक्सिराङ्ग गाउँपालिका मात्र नभएर छिमेकी गाउँपालिका कैलाश गाउँपालिकालाई पनि राष्ट्रिय राजमार्गसङ्ग जोड्ने बिश्वास ब्यक्त गर्नुभएको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.