सामाजिक बिकास मन्त्री मुक्तान पालिका उपाध्यक्ष सहित मनहरी खोलाको ड्याम निरिक्षणमा

बागमती प्रदेश सामाजिक बिकास मन्त्री माननीय कुमारी मुक्तान मनहरी खोलाको ड्याम निरिक्षणमा पुग्नुभएको हो ।

शुक्रबार साझँको समयमा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर (रेखा) सहितको टोलिले जोखिमपूर्ण क्षेत्रको निरिक्षण गर्न पुग्नुभएको हो ।

मनहरी खोलाले कटान गरि ड्यामलाई क्षेती पुर्‍याईएको भागको निरिक्षणको लागि पालिका उपाध्यक्ष मगरको बिशेष आग्रहमा मन्त्री मुक्तान साझँ पख भएपनी प्रभाबित क्षेत्रको अनुगमन गर्न पुग्नुभएको थियो ।
मनहरी ७ को रिभरसाईड क्षेत्रको भागमा एक्कासी मन्त्री सहितको टोलि पुग्दा स्थानिय अचम्मित परेका थिए ।उक्त ड्यामले मनहरी बजारलाई मात्र नभई पालिकाको सबै भन्दा बढी जनघनत्व भएको वडाहरु ६ र ७ नम्बर वडालाई सुरक्षा दिदै आईरहेकोछ ।

अनुगमन पस्चात मन्त्री मुक्तानले उक्त क्षेत्रलाई मनहरी खोलाबाट जोगाउन पहिले पनि आफ्नो पहलमा बजेट पार्दै आईरहेको र अहिलेको जिर्ण अवस्थामा रहेको ड्यामको पुनर्निर्माण गर्नको लागि बजेटको ब्यबस्था गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । मन्त्री मुक्तान २०६४ सालको संविधान सभा सदस्यमा यसै क्षेत्रबाट अर्थात तत्कालिन निर्बाचन क्षेत्र ४ नम्बरबाट अत्याधिक मतका साथ प्रत्यक्ष निर्बाचित हुनुभएको थियो । मन्त्री मुक्तानकै बिशेष पहलमा तत्कालिन मनहरी गाउँ बिकास समितीको वडाहरु ५ र ६ (रमौली प्रतापपुर) लाई मनहरी खोला वारीको गोदाम जङ्गलमा आधुनिक र ब्यबस्थित शहरीकरणको मोडलमा बस्ती सारिएको थियो ।

ड्याम क्षेत्रको अनुगमनमा नेकपा माओबादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य वीर बहादुर घलान ( ज्वाला) सहित स्थानिय नेता कार्यकर्ता तथा स्थानिय जनताको उपस्थिती रहेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.