अनन्त पौडेल मनहरी स्काउट आयुक्तमा नियुक्त

मनहरी गाउँपालिकाले आफ्नो पालिका भित्र हुने स्काउटिङ्ग गतिबिधिहरुलाई बिकास,बिस्तार र परिचालनको लागि स्थानिय आयुक्त नियुक्ती गरेको हो ।

शुक्रबार पालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) ले अनन्त पौडेललाई  नियुक्ती पत्र हस्तान्तरण गर्नुभएको हो । मनहरी गाउँपालिका वडा नम्बर ७ निवासी पौडेल पछिल्लो समयमा स्काउटको क्षेत्रमा सक्रिय रहदै आईरहनुभएको थियो ।

स्थानिय आयुक्त नियुक्त भएपछी स्काउट कार्यालय मनहरीको नीति, दुरदृष्टि र कार्यक्रमको कार्यान्वयनको लागि नब नियुक्त आयुक्तको सक्रिय भुमिका रहने पालिकाले बिश्वास गरेकोछ ।

२०८० फाल्गुन १३ गते नियुक्ती गरिएको भएता पनि पौडेललाई १८ गते अर्थात शुक्रबार नियुक्ती पत्र हस्तान्तरण गरिएको हो । पौडेललाई आयुक्तमा नियुक्ति गराईएको ब्यहोरा नेपाल प्रदेश स्काउट कार्यालय हेटौंडालाई समेत जानकारी पठाईएकोछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.