१६ औं अन्तराष्ट्रिय व्हिलचियर दिवसमा मनहरीमा र्‍याली

१६ औं व्हिलचियर दिवस मनहरीमा पनि मनाईएकोछ । शुक्रबार अपांग स्वाबलम्बन जीवन पद्धति केन्द्र मकवानपुरको आयोजनामा दिवस मनाईएको हो ।

ईलाका प्रहरी कार्यालय मनहरीको परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी तथा मनहरी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष नारायण उप्रेतीले सम्बोधन गर्नुभएको थियो ।साथै अपाङ्गता सम्बन्धी आफ्नो पनि नजिकको सम्बन्ध रहेको भन्दै अपाङ्गतालाई परास्त गराउने एउटै आधार भनेको उनिहरुलाई आत्मबिश्वास जगाउनु रहेको र दुर्घटनामा परि आफ्नो घरमा व्हिलचियरको साहारामा पुगेको जेठो छोरोलाई बिस्तारै बिस्तारै हौसला दिदै जादा अहिले व्हिलचियर बिनै हिड्न सक्ने भएको समेत बताउनु भयो ।

मनहरी गाउँपालिका र ईलाका प्रहरी कार्यालयको समन्वय तथा एबिलिज फाउन्डेसनको सहयोगमा आयोजित कार्यक्रममा व्हिलचियर र्‍याली समेत गरेको थियो । ईलाका प्रहरी कार्यालय मनहरीबाट मनहरी बजारको पुलचोकसम्मको र्‍याली पस्चात कार्यक्रमलाई सम्बोधन गर्दै सस्थाका अध्यक्ष दिल बहादुर स्याङ्बोले अपाङ्गता भएको ब्यक्तिहरु एक हुनुको बिकल्प नरहेको भन्दै अझै पनि आफ्ना हक अधिकारको लागि लड्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रतिनिधी, ट्राफिक कार्यालय मनहरीका प्रमुख, जनप्रतिनिधी लगाएत अपाङ्गता भएका ब्यक्तीहरुको सहभागिता रहेको थियो ।

शुक्रबार देखिनै मनहरी गाउँपालिका स्तरिय अपाङ्गता भएका ब्यक्तिहरुको क्षमता अभिबृद्वी कार्यक्रमको उद्घाटन भएकोछ । २ दिन सम्म चल्ने तालिमको उद्घाटन मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर( रेखा)ले गर्नुभएको थियो । फाल्गुन १८ र १९ गते दुई दिनसम्म चल्ने तालिम वडा नम्बर ८ को कार्यालय सिम्पानीमा चल्नेछ ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.