राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ६ मा कृष्टलको माला बनाउने तालिम शुरु भएको छ । फाल्गुन १६ गते देखि चैत्र ५ गते सम्म सन्चालन हुने कार्यक्रमको उद्घाटन वडा अध्यक्ष अक्कल बहादुर मुक्तानले गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी एबम वडा अध्यक्ष मुक्तानले काम नभर घरमा त्यसै बसिरहेका महिलाहरुलाई तालिम दिए पस्चात महिला दिदी बहिनिको आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग मिल्ने बिश्वास ब्यक्त गर्नुभयो ।
सिदाम टोलको सामुदायिक भवनमा तालिम संचालित तालिमको लागि आर्थिक बर्ष २०८०/०८१ को बजेटमा वडा सरकारले सिलिङ बजेट मार्फत दिदि बहिनिहरुको लागि कृष्टल माला बनाउने तालिम शिर्षकबाट ३ लाख छुट्याइएको हो ।
महिलाहरुको आर्थिक रुपमा जीवन स्तर सुदृढ गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको कार्यक्रमको संयोजक तथा वडा सचिब पुनम कुमार रुम्बाले जानकारी दिनुभयो । २० दिन सम्म चल्ने तालिममा २० जना महिलाहरुको सहभागिता रहनेछन्।