४२ औं मगर दिवसको अवसरमा मनहरी ५ मा १ सय ८ दीप प्रज्वलन

४२ औं मगर दिवस मनहरी गाउँपालिकाको वडा नम्बर ५ ले धुमधाम मनाएकोछ । मंगलबार नेपाल मगर संघको आयोजनामा निर्माणधिन मगर गुठीमा आयोजित कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलमी मगर (रेखा) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथी मगरले १ सय आठ दीप प्रज्वलन गर्दै ४२ औं मगर दिवसको उद्घाटन गर्नुभएको हो ।

दिवसकै अवसरमा गुठिको निर्माणधिन अवस्थामा रहेको भवनको निर्माणको लागि जग्गा दान गर्नुहुने जग्गादाता डिल बहादुर आले मगरलाई प्रमुख अतिथी मगरले दोसल्ला ओडाएर सम्मान समेत गर्नुभएको थियो । आले मगरले गुठी भवन निर्माणको लागि भन्दै १० धुर जग्गा दान गर्नुभएको थियो । पालिकाले मगर गुठिको भवन निर्माण गर्नको लागि विभिन्न आर्थिक बर्षमा गरि १० लाख बजेट छुट्याईएको छ ।

कार्यक्रमको प्रमुख अतिथी एबम मनहरी गाउँपालिका उपाध्यक्ष मगरले पालिकाले सम्पुर्ण समुदायलाई समान व्यवहार गर्ने गरेको र धर्म संस्कृती जगेर्नामा सदैब लागि परिरहेको भन्दै सबै समुदायले आ आफ्नो पहिचान जोगाईरहनु पर्नेमा जोड दिनुभयो ।

मगर दिवसको अवसरमा मगरहरुको संस्कृती झल्कने विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । वडा नम्बर ५ मा ५६ घरधुरी मगर समुदायको बसोबास रहेकोछ भने झण्डै ३ सयको हाराहारीमा मगर समुदायको संख्या रहेकोछ । मगर गुठी भवनको निर्माण भए पस्चात आफ्नो समुदायको भेला, बैठक लगाएत अन्य परम्परागत कार्यहरु गर्नलाई सजिलो हुने कबिन मगरले बताउनुभयो ।

कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र अधिकारीको बिशिष्ट आतिथ्यता रहेको थियो भने विभिन्न राजनैतिक दलका प्रतिनिधि एबम संघ सस्थाको प्रतिनिधिको आतिथ्यता रहेको थियो ।कार्यक्रम नेपाल मगर संघ मनहरी वडा नं ५ काे अध्यक्ष हरी बहादुर राना मगरको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.