आफ्नो जग्गा सुरक्षा नगरेको भन्दै वडा अध्यक्ष माथी एक युवकद्वारा हातपातको प्रयास

मनहरी गाउँपालिकामा सोमबार वडा अध्यक्ष माथी हात पातको प्रयास भएकोछ । मनहरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष युवराज थपलिया जोगिताल स्थित आफ्नै तरकारी बारिमा जादा उनी माथी हातपातको प्रयास भएको हो ।

वडा अध्यक्ष थपलियालाई हातपातको प्रयास गर्ने ब्यक्ती सोही वडाको भुल्चोक निवासी बर्ष ३२ का मान बहादुर वाईबा रहेको ईलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएकोछ ।

प्रत्यक्षदर्शीका अनुसार साँझ ५:३४ बजे तिर मादक पदार्थ सेवन गरि आएका ती युवाले वडा अध्यक्षलाई आफ्नो खेत खोलाले बगाउँदा समेत सुरक्षाको कुनै उपाय नअपनाईएको भन्दै उनी माथी हातपातको प्रयास भएको हो ।

जोगिताल टोल बिकास समितीका अध्यक्ष समीर मुक्तानले थप्दै भन्नुभयो वडा अध्यक्ष आफ्नो बारिमा तरकारी हेर्न आउनुभएको थियो सोही क्रममा उक्त युवाले एक्कासी हातपातमा उत्रियो । मुक्तानको भनाई अनुसार वडा अध्यक्षलाई दुईपटक टाउकोमा हान्ने प्रयास गरेपछि वरपरको प्रत्यक्षदर्शीहरुले घटनालाई थप जटिलता बन्न नदिन सुनाचुरी पोष्टबाट प्रहरीलाई बोलाई ईलाका प्रहरी कार्यालय मनहरीको टोलिलाई बुझाईएको थियो ।

घटनामा संलग्न युवालाई आफुहरुको नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएकोछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.