राक्सिराङ्गमा अपाङ्गता भएकाहरुलाई आईतबारबाट ३ दिने आवासीय तालिम शुरु

राक्सिराङ्ग गाउँपालिकामा अपाङ्गता भएकाहरुको हक अधिकार र स्वाबलम्बन सम्बन्धी तालिम शुरु भएकोछ । पालिकाको केन्द्र चैनपुरको सभाहलमा शुरु भएको तालिम १५ गतेसम्म संचालन हुनेछ ।

राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतमा सम्पन्न उद्घाटन शत्रमा बोल्दै उहाले अपाङ्गता भएको ब्यक्तिहरुलाई कार्यपालिका समितिको सदस्यको संयोजक बनाई कार्य गर्दै आईरहेको र आगामि दिनमा बिशेष क्षेत्र बनाएरै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।त्यस्तै गरि वृद्धबृद्धा अवस्थाको आमाबुबा र अपाङ्गता भएकाहरुको लागि घरदैलो कार्यक्रम गर्दै उनिहरुको स्वास्थ्य समस्या र गुनासोहरुको समेत सुनुवाई गर्ने कार्य बिगत देखिनै गर्दै आईरहेको र भोलिको दिनमा पनि गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

अपाङ्ग स्वाबलम्बन जीवन पद्धति केन्द्र मकवानपुरका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्षता समेत गर्नुभएका दिल बहादुर स्याङ्बोले यो तालिम लिईसकेपस्चात अपाङ्गता भएकाहरुले आफ्नो हक र अधिकार लिनको लागि आवाज उठाउन सक्ने बन्नेछ भन्दै तालिममा सहभागीहरुलाई सक्रिय सहभागीता जनाउन आग्रह गर्नुभयो ।

नौ वटै वडाबाट सहभागी भएको तालिम सहभागीहरुलाई आवत जावत गर्न गार्हो हुने भएकोले आवसको ब्यबस्थापन सहित कार्यक्रम गरिएको अध्यक्ष स्याङ्बोले जानकारी दिनुभयो । साथै पहिलो पटक कार्यक्रम संचालनमा ल्याउदा पालिकाको साथ निक्कैनै राम्रो पाएको प्रती पालिका अध्यक्षलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा राक्सिराङ्ग गाउँपालिका ५ नम्बर वडा अध्यक्ष हरि प्रजा, कार्यपालिका सदस्य चन्द्र मान प्रजा ,शिक्षा शाखा प्रमुख पंकज थारु, महिला बालबालिका शाखा प्रमुख गोमा पन्थी लगाएत अन्यको आतिथ्यता रहेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.