बिबिध कार्यक्रमका बिच युनिभर्सल ग्रान्ड फेस्ट शुक्रबार सम्पन्न

ग्रान्ड युनिभर्सल फेस्ट २०८० समापन भएको छ । ९ गतेबाट सुरु भएको ग्रान्ड फेस्ट ११ गते विविध कार्यक्रमका विच समापन भएको हो ।

मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगर र निवर्तमान बागतमी प्रदेश सभा सदस्य तथा मनहर बहुमुखी क्याम्पसका अध्यक्ष ओम बहादुर ग्लानको विशेष आतिथ्यता रहेको थियो ।

विद्यालयले समापन समारोहमा ३ किलोमिटर म्याराथन, भलिबल र थ्री ए साइड फुटसलको फाइनल खेल खेलाएको थियो । साथै विद्यार्थीहरुद्वारा निर्मित साइन्स, म्याथ र आर्टका शैक्षिक सामग्रीहरु समेत प्रदर्शन गरेका थिए । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले विज्ञान सामग्रीहरुको अवलोकन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्यायलयले कितावी ज्ञानसंगै विज्ञान, गणित र आर्टससंग सम्बन्धित प्रदर्शनीले विद्यार्थीहरुको चौतफी विकासमा टेवा पुग्ने बताउनुभयो । पश्चिम मकवानपुरमै नमुना विद्यालयकोरुपमा स्थापित हुँदै गरेको विद्यालयले आगामी दिनमा पनि यस्ता खाले क्रियाकलापमा निरन्तरता प्रदान गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता पुलामी, मनहरी बहुमुखी क्याम्पसका अध्यक्ष ओम बहादुर ग्लान, साना किसान सहकारीका अध्यक्ष बिमला कार्की, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका सभापति गणेशमान मानन्धर लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा फुड फेस्ट समेत आयोजना गरिएको थियो । फुड फेस्टमा विद्यार्थीहरुले मकै भटमास, गुन्द्रुकको अचार, फापरको फुलौरा, अर्गानिक चटपटे लागयतका खानाका परिकारहरु राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार रिजालको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी ४ का वडा अध्यक्ष प्रकाश थापा, मनहरी ३ का वडा अध्यक्ष अनन्त प्रकाश अर्याल, ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेती, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धर, मनहरी बहुमुखी क्याम्पसका चिफ गोबिन्द बर्ताैला, इलाका प्रहरी कार्यालयका प्रमुख दीपक थापा, इलाका प्रहरी कार्यालय ट्राफिक प्रहरी प्रमुख कृष्ण प्रसाद काराखेती, राष्ट्रिय रोटरी माविका प्रधानाध्यापक गोविन्द प्रसादान पौडेल, मेरीगोल्ड टाइनिटस इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल सवनम थापा, रेड एन्जल एकेडीमका संस्थापक यदुनाथ श्रेष्ठ, राष्ट्रिय मावि विजौना रमन्टार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखमान ब्लोन, विलिभर्स इंग्लिस बोडिर्ङ स्कुलका प्रिन्सिपल मदन तामाङ लगायतकाको आतिथ्यता रहेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.