मनहरीमा भएको निशुल्क मुटु शिविरमा २ सय २० जनाले परिक्षा गराए

मनहरीमा भएको १ दिने निशुल्क मुटु शिविर कार्यक्रममा ठूलो संख्यामा सेवाग्राहीले सेवा लिएकाछन् । शुक्रबार भएको मुटु परिक्षणमा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको मुटु परिक्षण गर्दै शुरु भएको कार्यक्रममा एकै दिन २ सय २० जनाको संख्याले सेवा लिएको आयोजक हृदय रोग प्रतिस्ठान मनहरी ईकाई समितीका अध्यक्ष नारायण सुबेदिले जानकारी दिनुभयो ।

मनहरी बजारको रोटरी मार्केटमा आयोजित मुटु परिक्षण कार्यक्रममा २ सय २० जनाले ईसिजी सेवा, २३ जनाले अल्ट्रासाउन्ड र १ सय ७० जनालाई ईको सर्भिस दिईएको थियो । २ सय ४८ जनाको टिकट काटिएको भएतापनी समय अभावको कारण २ सय २० जनाको मात्रै मुटु परिक्षण गर्न भ्याए ।शिविरमा धेरै जसो वृद्धवृद्धाहरुको सहभागिता रहेको थियो ।

पुरानो मेडिकल कलेजका वरिष्ठ मुटु रोग विशेषज्ञ ईको डाक्टर मनोज श्रेष्ठ, रामेछाप मन्थलीबाट मुटु रोग सम्बन्धी अल्ट्रासाउन्ड डाक्टर सुमन कर्माचार्य सहितको बेलायतको कार्डिएफ बिश्वबिध्यालयमा चिकित्सा संकायको अन्तिम बर्षमा अध्ययनरत ३ जना बिद्यार्थीहरु, मकवानपुर सहकारी हस्पिटल बाट ४ जना जना डाक्टरको टोलि र मनहरी अस्पतालका डाक्टर लगाएतका जम्बो टोलिले सेवाग्राहीलाई सेवा प्रदान गरेका थिए ।

मनहरी लगाएत राक्सिराङ्ग र कैलाश गाउँपालिकाको बिरामिले समेत सेवा लिईएको आयोजकले जनाएकोछ । बिरामिहरुलाई मेगनास कम्पनी बारा नेपालबाट उत्पादित औषधि निशुल्क उपलब्ध गराएको थियो ।

एक दिने मुटु परिक्षण कार्यक्रमको मुख्य आयोजकको रुपमा नेपाल हृदय रोग निबारण प्रतिसष्ठान मनहरी शाखा सहित , प्रतिष्ठान मकवानपुर जिल्ला शाखा र रोटरी क्लब अफ हेटौंडा आयोजक रहेको शिबिरको
मनहरी गाउँपालिका र मनहरी हस्पिटल सहयोगीको रुपमा रहेका थिए । शिबिरलाई रोटरी माध्यामिक बिधालयमा अध्ययनरत बिधार्थीहरुले स्वयंसेवकहरु उपलब्ध गराएर सहयोग गरेका थिए ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.