मनहरीका पाँच दल पुल कहिले बन्छ भन्दै ठेकेदार संसद बानियाँको फोटो सहित प्रदर्शनीमा

मकवानपुरको मनहरीमा पुलको ठेक्का लिएर काम नगर्ने सांसद इन्द्र बहादुर बानियाँको फोटो व्यानरमा राखेर पाँच दलले बिरोध प्रर्दशन गरेका छन् । मनहरीमा पुल निर्माणको ठेक्का लिएर पनि काम नगर्ने बागमती प्रदेशसभाका सदस्य इन्द्र बहादुर बानियाँ सहितका फोटोहरु व्यानरमा राखेर यस क्षेत्रमा प्रर्दशन गरिएको हो ।

पुल निर्माण गर्नका लागि बानियाँको कम्पनिले ठेक्क लिएपनि काममा धेरैनै ढिलासुस्ती गरेको, तोकिएको समयमा काम सम्पन्न नगरेको लगायतका मागहरु राख्दै आएका पाँच दलले बिरोधको नयाँ शैली अनुसार व्यानरमा फोटो रोखेर प्रर्दशन गरेका हुन् । उनी सहित अरु ठेकेदारहरुको पनि नाम र फोटो राखेर काम सम्पन्न नगरी अलपत्र पारेको निर्माण स्थलमा पाँच दलले प्रर्दशन गरिएको आन्दोलित पार्टीका एक घटक दल नेकपा एमाले मनहरी गाउँपालिकाका अध्यक्ष नविन सुवेदीले जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्रीय सभापती सन्जिव पाठक, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष नवीन सुवेदी , नेकपा माओबादी केन्द्र गाउँ कमिटी अध्यक्ष राम प्रसाद कालाखेती,राष्ट्रिय प्रजातन्त्र पार्टी मनहरी गाउँ कमिटी र नेकपा एकीकृत समाजबादीका नेता कार्यकर्ता सहभागी भएको बिरोध कार्यक्रममा पालिका भित्र हुने गरेको गुपचुपको सेटिङ बाहिर ल्याउनुपर्नेमा जोड दिएका थिए ।

मकवानपुरको मनहरी गाउँपालिकामा एक पछी अर्को अनियमितताका विषयमा पाँच राजनैतिक दलहरुले ध्यानाकर्षण गराए पनि पालिकाले कुनैपनि चासो नदेखाएकाले ठेकेदारको फोटो सहित पाँच दलले बिरोध प्रर्दशन गरेका हुन् । मनहरी गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधीहरुको मिलेमतोमा नदिजन्य पदार्थमा गरिएको राजश्व छुट लगायतका विषयमा पाँच दलका नेताहरुले संयुक्त रुपमा हस्ताक्षर गरेर गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए।

मनहरी गाउपालिकामा भैरहेको योजनाहरूको ढिला सुस्ति, पाँच वटा पुल निर्माणमा भइरहेको ढिलाइ, गाउँपालिकामा भइरहेको निरन्तरको अनियमितता लगायतका विषयमा पाँच राजनैतिक दलले संयुक्त रुपमा ध्यानाकर्षण गराईए पनि चासो नदिएपछी चरणबद्ध आन्दोलनमा उत्रिएको गठबन्धनका नेताहरुले बताएकाछन् ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.