ल्होसारमा राष्ट्रिय कलाकारहरु हैट, डिसि,हुरहुर, रबिन कुमार, निर्मला घिसिङ लगाएतकाको उपस्थिति

 

मनहरी गाउँपालिका वडा नम्बर २ भुन्द्रुङ टाँडीमा आयोजित मन्जुश्री सम्बत २८६० औं  ल्होसार बिशेष कार्यक्रम सम्पन्न भएकोछ । फाल्गुन ५ गते शनिबार सम्पन्न कार्यक्रमको आकर्षणको रुपमा नेपालकै चर्चित कलाकारहरुको उपस्थिति रहेको थियो ।

नेपाली दर्शक माझ अतिनै लोकप्रिय हास्य कलाकार बुद्धि तामाङ , थुप्रै नेपाली  चलचित्रमा नायकको भुमिकामा देखा परिसकेका अर्का चर्चित अनुहार मनहरी घर भएका कलाकार बिरेन्द्र डिसि, त्यस्तै पछिल्लो समय निक्कै चर्चा कमाउन सफल “हुरहुर” अर्थात दिलिप तामाङ, नेपालकै पहिलो चेपाङ गायक रबिन कुमार चेपाङ, चर्चित सेलो गायिका निर्मला घिसिङ्ग, सेलो गायक अबिराम मुक्तान , र्‍याप गायक ईमान/ दिनेश लामा, गायक/मोडल  तथा संचारकर्मी पवन कुमार चेपाङ र सारिका तामाङले आफ्नो प्रस्तुती दिएका थिए ।

यस्तैगरी ह्याङ्ला ताम्बा डम्फू समाज मकवानपुरको डम्फू नाचले पनि दर्शकलाई थप रमाईलो प्रदान गरेको थियो ।

प्रस्तुतिकै क्रममा चर्चित हास्य कलालार “हैट” लाई  “हुरहुर” ले ३ महिना सम्म जागिर दिने प्रसङ्गले दर्शकलाई रमाईलो प्रदान गरिएको थियो । गाउँमा बाँदरले निक्कै दु:ख दिने समय मकै कुर्ने मान्छे नभएको भन्दै बैशाख,जेष्ठ र असारसम्म तलब दिएर राख्ने र त्यसको बदलामा हैट कि हैट भन्दिनुपरो भन्दै उनलाई उडाएका थिए ।

मनहरी तामाङ एकता समाजको आयोजनामा आयोजित २ दिने ल्होसार बिशेष कार्यक्रम फाल्गुन ४ र ५ गते सम्म संचालन भएको थियो । पहिलो दिन बिशेष पाठ पुजा र प्रबचन त्यस्तै गरि दोश्रो दिन सास्कृतिक बिशेष रहेको थियो । कलाकारहरुले आ आफ्नो प्रस्तुतिमा दर्शकलाई झुमाएको थियो ।

मनहरी गाउँपालिका वडा नम्बर २ र मनहरी गाउँपालिकाको प्रायोजन र  संरक्षकत्वमा आयोजित कार्यक्रममा खुल्ला नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगितामा तामाङ सस्कृती झल्कने प्रस्तुती दिएका मध्येको १२ टिमबाट  मनहरी २ घट्टेपाखा प्रथम , बि.टि.एस. ग्रुप बस्तिपुर दोश्रो र मनहरी २ तिनतले तेश्रो भएका थिए । प्रतियोगितामा सहभागीलाई आरिराङ ल्याङोईज सेन्टर हेटौंडाले प्रायोजन गरेको थियो ।

कार्यक्रममा तामाङ समुदायबाट पत्रकारितामा कलम चलाउँदै आईरहेका पत्रकार जयराम मुक्तानलाई कदर पत्र सहित नगदले सम्मान गरिएको थियो ।

कार्यक्रम संचालनको लागि वडा नम्बर २ को कार्यलयले १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । यस्तै मनहरी गाउँपालिकाको कार्यालयले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेकोछ । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष राजकुमार पाख्रिन बिशिष्ट अतिथी,नेपाल तामाङ घेदुङ संघका पुर्ब महासचिव  काजिमान थिङ , नेकपा बिप्लबका केन्द्रिय सदस्य राम सि लगाएत अन्यको आतिथ्यता रहेको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.