मनहरी एकता तामाङ समाज मनहरी – २ को आयोजना मा मञ्जुश्री संवत २८६० औ सोनाम ल्हो छार बिशेष कार्यक्रमा नेपालकै चर्चित हास्य कलाकार बाघ बहादुर अर्थात उनै सबैको प्रिय कलाकार बुद्धि तामाङ “हैट” आउने भएको हो ।
मकवानपुरे ज्वाइँ तामाङको मनहरीको यात्रा पहिलो तर बिशेष रहने अनुमान गरिएकोछ । तामाङ्गको थेगो “हैट” सबैको मुखमा झुन्डिएकोछ । नेपाली कला क्षेत्रमा निक्कै संघर्ष गरेका उनले नेपाली नाट्य क्षेत्र , मोडलिङ , टेलिफिलिम, चलचित्र लगाएत धेरै बिधामा आफ्नो प्रस्तुती दिईसकेकाछन । उनको उपस्थिति हुने हरेक क्षेत्र सफल भएसङ्गै कला क्षेत्रमा आफुलाई अब्बल साबित गरिसकेकाछन् । उनिद्वारा अभिनित नेपाली चलचित्र वीर बिक्रम २ को पात्र बाघ बहादुरले पनि उनलाई परिचित गराएको थियो । उनै बाघ बहादुर फाल्गुन ५ गते मनहरी २ को भुन्द्रुङ टाँडी आउँदै हुनुहुन्छ ।
उनीसङ्गै चर्चित सेलो गायिका निर्मला घिसिङ, नेपालकै पहिलो चेपाङ गायक रबिन कुमार चेपाङ, अबिराम मुक्तान र चर्चित तामाङ र्यापर ईमान/ दिनेश लामाको प्रस्तुती रहने आयोजक मनहरी एकता तामाङ समाजले जनाएकोछ । फाल्गुन ४ र ५ गते गरि २ दिन सन्चालन हुने पुर्ब निर्धारित कार्यक्रम अन्तर्गत पगिलो दिन पुजा पाठ र प्रबचन सम्पन्न भएको छ भने भोलि अर्थात फाल्गुन ५ गते बृहत सास्कृतिक कार्यक्रम रहने आयोजकले जनाएकोछ । पहिलो दिन खेन्पो लामा गुरु ( आचार्य ) सर्वजित गोङबा ज्युबाट पुजापाठ तथा प्रवचन कार्यक्रम रत्नलिङ गुम्बामा सम्पन्न भएकोछ।
मनहरी गाउँपालिका २ नम्बर वडाको कार्यालय र मनहरी गाउँपालिका संरक्षक/ प्रायोजक रहने कार्यक्रममा यसै पटकबाट तामाङ समुदायबाट पत्रकारिता क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएकोछ । साथै सम्मान कार्यक्रम अर्को बर्ष पनि निरन्तर चल्ने पनि जानकारी दिनुभयो ।