जलवायु परिवर्तन सम्बन्धी हिमराईट्स मकवानपुरद्वारा राक्सिराङ्गका सिमान्तकृत समुदायसंग संवाद

जलवायु परिवर्तन सम्बन्धी २ दिने संवाद कार्यक्रम राक्सिराङ्गमा सम्पन्न भएकोछ । हिमराईट्स मकवानपुरको आयोजनामा आयोजित २ दिने कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

जलवायु परिवर्तन सामना गर्न सिमान्तकृत समुदायको सशक्तिकरण कार्यक्रम अन्तर्गत राक्सिराङ्ग गाउँपालिकाका वडा नम्बर २,३र ५ बाट गरि ४१ जनाको सहभागिता जनाएका थिए । फाल्गुन २ र ३ गते संचालित तालिममा जलवायु परिवर्तन विशेषज्ञ निर्मल चोङ्वाङद्वारा जलवायु परिवर्तन र त्यसका बारेमा तालिममा सहभागीहरुलाई प्रशिक्षित गराईएको थियो ।यस्तै गरि राक्सिराङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौलाद्वारा राक्सिराङ्ग गाउँपालिकाले जलवायु परिवर्तनसङ्ग जुढ्नु केकस्ता कार्यहरु गर्दै आईरहेकोछ भन्ने विषयमा रहेर जानकारी दिनुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथी तथा राक्सिराङ्ग गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले कमजोर समाजले जलवायु परिवर्तनको असर झेल्नुपरेको भन्दै सिमान्तकृत समुदाय सचेत बन्नुपर्ने मा जोड दिनुभयो ।यस्तै तालिममा सहभागी भएकाहरुलाई गरि प्रश्न गर्न जरुरी रहेको भन्दै यदि प्रगती गर्ने हो भने प्रश्न गर्ने र जिज्ञासु हुन आवश्यक रहेको बताउनुभयो । राक्सिराङ्गले पछिल्लो समयमा बाताबरण संरक्षणको लागि छुट्टै जनशक्तिको ब्यबस्थापन गर्दै अगाडि बढिरहेको समेत बताउनुभयो ।

गाउँपालिका संरक्षक रहने गरि पालिकाको बन अधिकृत अनुप पोख्रेल प्रतिनिधि रहने गरि राम चन्द्र प्रजाको सयोजकत्व र कोपिला गोले सचिब रहने गरि ९ सदस्यीय जलवायु परिबर्तन सम्बन्धी वकालत गर्ने समूह निर्माण भएकोछ ।

कार्यक्रमको सभाध्यक्ष एबम हिमराइट्स केन्द्रिय कार्यालय अध्यक्ष अन्जना शाक्यले हाम्रो बाताबरण मानव जिउन योग्य बनाउनु पर्ने भन्दै त्यस तर्फ सबै एक जुट हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रमको सहजिकरण हिमराईट्स मकवानपुर कार्यक्रम संयोजक कुमारी वाईबाले गर्नुभएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.