मनकारी वडा अध्यक्ष थापाको अग्नि पीडितलाई ब्यक्तिगत १० हजार सयोग

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ४ मसिनेका एक आगलागीका बिरामीलाई वडा अध्यक्ष थापाको अग्नि पिडितलाई ब्यक्तिगत १० हजार आर्थिक सहयोग गर्नुभएकोछ ।

गौतमको उपचारका लागि बुधबार वडा अध्यक्ष प्रकाश थापाले ब्यक्तिगत नगद १० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

आगोले पोलेर गम्भीर घाइते भएकी उनको उपचारका लागि उक्त रकम मनहरी गाउँपालिका ४ नम्बर वडाको गोलघरमा सहयोग रकम संकलन गर्दै हिड्नुभएका मनहरी गाउँपालिकाका निबर्तमान उपाध्यक्ष मनिला बिष्टलाई हस्तान्तरण गर्नुभएको हो ।

आफ्नै घरको चुल्हो छेउमा सुतेकी गौतमको केही दिन अगाडि कपडाबाट आगो सल्की शरिरको विभिन्न भाग जल्न पुगेको थियो । घरको आर्थिक अवस्था निकै कमजोर रहेको उनको उपचारको लागि भन्दै मनकारी ब्याक्तित्वहरुबाट आर्थिक संकलन गरि काठमाण्डौ लगिएको थियो । सामाजिक परोपकारमा आफुलाई सदैब आफुलाई अग्रणी स्थानमा राख्ने उनै जनप्रतिनिधि थापाले आफ्नो सानो सहयोगले आफ्नै वडाबासिको जनताको उपचारमा ठूलो सहयोग मिल्छ भनेर सहयोग गरेको बताउनुभयो ।साथै उनको उपचारको लागि थप आवश्यक रकम सहयोग गरिदिनहुन आम समुदायसँग अपिल समेत गर्नुभयो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.