बिश्व रेडियो दिवसको अवसरमा मन्त्री श्रेष्ठद्वारा राक्सिराङ्ग एफएमको उद्घाटन

राक्सिराङ्ग फाल्गुन १-
राक्सिराङ्ग गाउँपालिकामा बिश्व रेडियो दिवसको अवसर पारेर नयाँ रेडियोको प्रसारण शुरु भएकोछ । सामुदायिक रेडियो राक्सिराङ्ग एफएम ९४.९ मेगाहर्जको बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी बिकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले रिबन काटी उद्घाटन गर्नुभएको थियो ।

रेडियो राक्सिराङ्ग एफएमले दुरदराजको जनताको प्रतिनिधित्व गर्दै आवाज बिहिनहरुको आवाज बन्दै अगाडि बढोस् भन्दै शुभकामना सन्देश समेत दिनुभएको थियो ।

यस्तै गरि संविधान सभा सदस्य माननीय गोबिन्द राम चेपाङले रेडियोको उत्तरोत्तर प्रगतिको शुभ कामना दिनुभयो । निबर्तमान भौतिक पुर्बाधार मन्त्री तथा बागमती प्रदेश सभा सदस्य माननीय सन्त बहादुर चेपाङले राक्सिराङ्गको बिकासमा रेडियो कोशेढुङ्गा बन्नेमा बिश्वास ब्यक्त गर्नुभयो । रेडियोलाई सफलताको शुभकामना दिदै भोका नाङ्गाको आवाज बन्न सकुन भन्दै आगामी दिनमा रेडियोको यात्रा सहज रहोस भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।

राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पालिकाले संचारमा गरेको लगानिको सहि सदुपयोग भएको र अब पालिका भित्रका जनतालाई जनप्रतिनिधिको कामहरु थाहा पाउने माध्यम भएको भन्दै आफ्नै पालिकाको समाचार सुन्नबाट बन्चित रहदै आईरहेको अवस्थामा रेडियोको स्थापना सङ्गै त्यो अवस्था नरहने बताउनुभयो ।

त्यस्तैगरी उपाध्यक्ष बनस्तम थिङले फाल्गुन १ गते बिशेष दिन भएको भन्दै समग्र मुक्तिगामी आन्दोलनको बिगुल फुक्दै जनताले गरेको बिद्रोह गरेको दिन सम्झदै आजकै दिन राक्सिराङ्ग गाउँपालिकामा सन्चारको बिगुल गुन्जाउन सफल भएको बताउनुभयो । जनताको वास्तविक कुरा जनबोलीलाई रेडियोले उत्थान गरोस भन्दै आगामिदिनमा निरन्तर राज्यलाई सहिदिशामा लैजान खबरदारी कर्ताको भुमिकामा रहने बिश्वास ब्यक्त गर्नुभयो ।

राक्सिराङ्ग बिकास सस्थाद्वारा सन्चालित रेडियोले रिले टावर मार्फत रेडियो सन्चालनमा ल्याएको हो । रेडियोको परिक्षण प्रसारण उद्घाटन कार्यक्रममा राक्सिराङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबचन्द्र गर्तौला, रेडियो मनहरीका स्टेशन म्यानेजर शिव कुमार रिजाल लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

यो पनि पध्नुहोस्

राक्सिराङ्ग गाउँपालिकामा चल्दै आईरहेको राक्सिराङ्ग कृषि हाट बजारले निरन्तरता पाएकोछ । फाल्गुन १ गतेको मेला संचालकको जिम्मेवारी पाएको वडा नम्बर ७ ले यसपटककोमेलालाई ब्यबस्थापन गरेको हो ।
राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ७ मा अधिकांश चेपाङ समुदायको बाहुल्यता रहेको अवस्थामा उनिहरुद्वार निर्मित सामाग्री एबम बालीहरुको उचित बजारको रुपमा कृषि हाट बजारलाई लिईएको छ । त्यस्तै कला सस्कृतीलाई प्रत्यक्ष अबलोकन गर्न कृषि मन्त्री श्रेष्ठलाई निम्त्याएको थियो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका श्रेष्ठले आफ्नो क्षेत्रको समस्यालाई थाती राख्दै यस क्षेत्रका चेपाङ समुदायको लागि सदनमा बिगद देखिनै आवाज उठाउदै आएको जिकिर गर्नुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य गोविन्दराम चेपाङ, बागमती प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास राज्य मन्त्री सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौला, वडाध्यक्षहरु उत्तम वाइबा, हरिबहादुर प्रजा, रामबहादुर प्रजालगायतको उपस्थिति रहेको थियो । चैनपुरमा हरेक महिनाको १ र १५ गते हाट बजार लाग्ने गरेको छ । हाट बजारमा स्थानीय स्तरमा उत्पादन भएका कोदो, मकै फापरका परिकारसहित विभिन्न तरकारी, गुन्द्रुक, चिउरीको मह, घिउ, लोकल कुखुरा र खसीको मासुदेखि सिस्नुको झोल र मोहीसमेतको खरिद बिक्री हुने गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.