मनहरीमा ल्होसार मेला धुमधामले मनाईयो तामाङ समुदायले सामाजिक अधिकार प्राप्त गरेकोछ : मन्त्री मुक्तान

तामाङ समुदायको महान चाड सोनाम ल्होसार भब्यताका साथ सम्पन्न भएकोछ । साङ्ग छोईफेल गुम्बा मनहरीको आयोजनामा माघ २७ गते भएको २८६० औं बिशेष कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएको बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मुक्तानले तामाङ समुदायले सामाजिक अधिकार प्राप्त गरेको बताउनुभयो ।

बागमती प्रदेश सभाका सबै माननीय एबम मन्त्री मण्डललाई सरकारी कार्यालयमा कामकाजको लागि तामाङ र नेवार भाषालाई मान्यता दिन सहयोग गर्नुभएको प्रती धन्यवाद दिनुभयो । राज्यले तामाङ समुदायलाई अनागरिक बनाई रहेको थियो । तर अहिलेको ब्यबस्थाको जगमा तामाङ समुदायलाई सम्मान गरेकी बताउनुभयो ।

तामाङ समुदायको धर्म सस्कृतीको बिकास र संरक्षणमा कानुन बनाएर मात्र होईन तामाङ लिपि बनाएर स्थानिय तहसम्मै पुर्‍याउन स्थानीय सरकारको महत्त्वपूर्ण साथ र सहयोग हुनुपर्ने जरुरी रहेको छ भन्दै त्यस तर्फ स्थानिय सरकारलाई त्यता तर्फ ध्यान दिन आग्रह गर्नुभयो । ल्होछारको उल्लास सबै तामाङ समुदायको घर घरमा आउन जरुरी रहेको बताउँदै ल्होछारको शुभकामना समेत दिनुभयो ।

मेलामा मङ्गोलियन टिचर्स ग्रुपको सम्योजनमा मनहरी गाउँपालिका वडा नम्बर ७ का विभिन्न समुदायका ५५ जना बृद्धबृद्धालाई सम्मान पत्र ,टागी (टोपि) र नगद ५०० रुपैयाँ सहित खाजा समेत खुवाईएको थियो । त्यस्तै गरि मेरि गोल्ड टाईटनिस ईङ्लिश बोर्डिङ स्कुल मनहरी ७ को तर्फबाट बृद्धबृद्धालाई न्यानो कपडा अन्तर्गत कम्बल बितरण गरिएको थियो ।

कार्यक्रममा संविधान सभा सदस्यद्वय माननीय राजाराम स्याङ्तान, माननिय, गोबिन्द राम प्रजा , बागमती प्रदेश सभा सदस्य तथा पुर्ब भौतिक पुर्बाधार मन्त्री माननीय सन्त बहादुर चेपाङ , पुर्ब बागमती प्रदेश सभा सदस्य माननीय ओम बहादुर ग्लान , जिल्ला समन्वय समिती मकवानपुर प्रमुख ललित घलान, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर (रेखा), राक्सिराङ्ग गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ,मनहरी गाउँपालिका पुर्ब अध्यक्ष एकराज उप्रेती , मनहरी गाउँपालिकाका वडा नम्बर २,४,५ र ७ राक्सिराङ्ग ३ का वडा अध्यक्षको आतिथ्यता रहेको थियो । त्यस्तै गरि नेकपा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य वीर बहादुर घलान , नेपाली काङ्ग्रेस मनहरी गाउँपालिका सभापती प्रकाश बर्तौला, नेकपा एमाले मनहरी गाउँ कमिटी अध्यक्ष नवीन सुवेदी , नेकपा माओबादी केन्द्र मनहरी गाउँकमिटी अध्यक्ष राम प्रसाद कालाखेती , रास्वपा मनहरी गाउँ कमिटी सभापती गोबिन्द अधिकारी , राप्रपा मनहरी गाउँकमिटी अध्यक्ष चन्द्र प्रसाद पौडेल लगाएत धर्म गुरु , संघ सस्था, सुरक्षा प्रमुखहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा रबिन कुमार चेपाङ , पृती ब्लोन , सुन्दर लामा,बालिका तामाङ ,सेलो गायक सुशील लामा र आस्था कला केन्द्रका कलाकारहरुको प्रस्तुतिले ल्होछार मय बनेको थियो ।

 

कार्यक्रममा सिम्पानी गुम्बा, रमनटार गुम्बा लगाएत अन्य क्षेत्रबाट झाँकी सहितको र्‍याली लिएर मेलामा उपस्थित भएका थिए । हज्जारौंको संख्यामा उपस्थित रहेको कार्यक्रममा अतिथिहरुले नितिगत रुपमा तामाङलाई नागरिक बन्न दिईएको र आ आफ्नो भाषा सस्कृती जोगाउन अब स्थानिय सरकारसंग समन्वय गरेर अगाडि बध्नुपर्ने बिचार ब्यक्त गरेका थिए । कार्यक्रमको सभाध्यक्षता गर्नुभएका मेला मुल आयोजक समिती सम्योजक एबम मनकामना साबउ समितीका अध्यक्ष सुरेश मुक्तानले तामाङ नेतृत्व लोसे भएको भन्दै अब जाग्नु पर्ने बताउनुभयो । कुरा गरेर मात्र हुदैन काम गर्न सक्नुपर्ने भन्दै नेतृत्वको आलोचना गर्नुभयो । साथै नेतृत्वलाई जागरुक भएर आगाडी बढ्न आग्रह समेत गर्नुभयो । कार्यक्रम गौतम लामाले संचालन गर्नुभएको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.