गायक रबिन कुमारले भरत ताल घुमाउने प्रस्ताब राखे पछि दर्शकको हुटिङ्ग चर्को

मनहरीमा जारी पाचौं मनहरी महोत्सबको शनिबारको प्रस्तुतिमा चर्चित/चर्चित कलाकारले प्रस्तुती दिएकाछन्। नेपालकै पहिलो चेपाङ गायक रबिन कुमार चेपाङको प्रस्तुती सम्झन लायक रह्यो ।

शनिबार र तामाङ समुदायको महान चाड ल्होसार बिशेषले गर्दा पनि कलाकारलाई थप दर्शकको साथ रहेको महोत्सवमा देखिन्थ्यो ।

ह्याण्डसम गायक रबिन कुमार चेपाङले तामाङ सेलो गाउँदा त्यत्तिकै झुमिरहेको दर्शकलाई उनको चर्चित गित भरत ताल घुमाउन लैजान्छु भन्दै गर्दा दर्शकको हुटिङ्गले मेला स्थल गुन्जयमान भएको थियो र उनी सङ्गै गाउँन र नाच्न थाले ।

उनको गितमा युवा/ युवती देखि बयस्क सम्मको दर्शकले थुम्का लगाएका थिए । मेला लागेको १२ औं दिन सम्मको अवधिमा दर्शकलाई विभिन्न कलाकारले मनोरञ्जन प्रदान गर्दै आईरहेको थियो । सन्जिब वाईबा, मार्मिक लामा , रबिन कुमार चेपाङ , बालिका तामाङ , गोबिन्द बर्तौला, लक्ष्मी लामा लगाएतकाले मनहरीलाई साङ्गितिकमय बनाएका थिए ।

महोत्सबको समापन २०८० माघ २८ गते दिउँसो १ बजे शुरु गरिने आयोजकले जनाएकोछ । मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिती मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका संरक्षक , कैलाश तथा राक्सिराङ्ग सह- आयोजकको रुपमा रहेकोछ ।
समापनको दिन भोजपुरी गायक सुनिल पण्डित र प्रेम किशोरको प्रस्तुती रहनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.