गायक मार्मिक लामाले एउटै गित गाए ५ औं पटकसम्म दर्शक भन्दै थिए अझै वान्स मोर

मनहरीमा जारी पाचौं मनहरी महोत्सबमा शनिबारको प्रस्तुती अन्य दिन भन्दा पृथक बन्न पुगेकोछ । दर्शकको वान्स मोर सबैभन्दा बढी आएको दिन बन्यो ।

चर्चित गायक मार्मिक लामाको प्रस्तुतिले महोत्सबको सबै रेकर्ड ब्रेक गरिदियो । उनको गित फुलबुट्टे सारी सपक पारी बोलको रिमिक्स गितलाई ५ औं पटक सम्म गाउनु परेको थियो । दर्शकको आग्रहलाई स्विकार्दै उनै चर्चित गायकले दर्शकको मागलाई ससम्मान स्वागत गर्दै गित गाएको थियो । चितवनका गायक लामाको रकिङ्ग पर्फमेन्सले महोत्सव स्थल डिजे क्लब हाउसमा परिणत भएको थियो ।

दर्शकको मागमा बिदाई भईसकेर गएका गायक लामाले पुनः स्टेजमा फर्केर गित सुनाउन बाध्य भएका थिए । महोत्सव अबधी भर सबै भन्दा बढी दर्शक झुमाउन सफल उनै गायक लामाले अन्य तामाङ सेलो समेत प्रस्तुत गर्नुभएको थियो । पहिलो पटक मनहरीमा आफ्नो प्रस्तुती दिन आईपुगेका लामाले सबै भन्दा बढी दर्शकको माया पाएको देखिन्थ्यो । फ़ुर्तिलो शरीर अनि दमदार प्रस्तुतिले महोत्सब स्थल नेपालकै टप बार LED , 10 X भन्दा कमको साङ्गितिक माहोल बनेको थिएन । साझँ पख सम्म उनको प्रस्तुतिलाई कुरेर बसेका दर्शकले उनको पालो आईसकेपछि बगरको धुलो उडाएर बाईरोडको धुलो झै उडाउदै नाचेका थिए ।

२०८० माघ १६ गते देखि सन्चालित महोत्सव अन्तिम दिन यहो माघ २८ गते रहेकोछ ।शनिबारको दिन भएको कारणले गर्दा पनि दर्शकको भिड थामी नसक्नु र खुट्टै टेक्न नसक्ने अवस्थामा महोत्सब लागेको थियो ।मनहरी खोला किनारमा आयोजित कार्यक्रमको समापन समारोह माघ २८ गते १ बजे शुरु हुने आयोजकले जनाएकोछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.