मनहरीका लोक गायकले आज छाला राम्रो हुनेको चाला खराब भो भन्दै स्टेज तताउने

मनहरीमा जारी पाचौं मनहरी महोत्सवको रौनकता माथी रौनकता दिन प्रतिदिन थपिने क्रम जारी छ । महोत्सवमा गएका दिनहरुमा थुप्रै कलाकारहरुले आफ्नो दमदार प्रस्तुती दिदै दर्शकलाई झुमाई सकेकोछ ।

अब दर्शकलाई झुमाउने पालो आएकोछ “जीवन धराप भो ” अर्थात उनै मनहरीका लोक गायक गोबिन्द बर्तौलाको । आज शनिबार र तामाङ समुदयको महान चाड सोनाम ल्होसार परेको कारण महोत्सबमा दर्शकको भिड लाग्ने प्राय निस्चित रहेकोछ । सानै उमेर देखि लोक सङ्गितमा अब्बल उनी कलाकारका साथै मनहरी बहुमुखी क्याम्पसका प्रमुख र सफल युवा ब्याबसायी पनि हुनुहुन्छ ।

गित सङ्गित भनेपछी हुरुक्कै गायक मनहरीको सान बर्तौलाले महोत्सवको स्टेज उक्लदै गर्दा छाला राम्रो हुनेको चाला खराब भो भन्दै स्टेजमै आगो बाल्ने निश्चित देखिन्छ ।

उनी सङ्गै फुलबुट्टे सारी सपक पारी भन्दै आउँदैछन चर्चित गायक मार्मिक लामा । त्यस्तै सन्जिब वाईबा,अन्जु थोकर, बालिका तामाङ र लक्ष्मी लामाको प्रस्तुती रहनेछ ।

त्यस्तै माछी मीठो मनहरिको , घुम जाउ भरत ताल , राक्सी लो हाङ, हेटौंडा कि साईली लगाएत दर्जनौ हिट गित गाउनु भैसकेको राष्ट्रिय लोक गायक मकवानपुरे सान रबिन कुमार चेपाङको दमदार प्रस्तुती रहनेछ ।

कृषि, पर्यटन र व्यापार ग्रामीण बिकासको मुल आधार भन्ने नाराका साथ जारी पाँचौं मनहरी महोत्सवको समापन भोलि २८ गते हुनेछ । माघ १६ गते देखि संचालित महोत्सबले यसपटक केही नयाँ पन दिन खोजिएको देखिन्छ । स्थानिय उत्पादनलाई प्रबर्द्धन गर्नमा कुनै कन्जुस्याइँ गरेको देखिदैन । स्थानिय कृषकले उत्पादन गरेको सामाग्रीले राम्रै व्यापार गरिरहेकोले स्टलमा सामान बेच्न पुगेका कृषकले आयोजकलाई धन्यवाद दिएकाछन्।

बजार मूल्य भन्दा सस्तोमा सामाग्री पाउने भएपछी महोत्सबमा आउने दर्शकले प्राय जसो घरको लागि सामाग्री खरिद गरेर लगेकाछन् ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.