मनहरी महोत्सबको एघारौं दिन: मकवानपुरे चेली सहित चौहानले दर्शकलाई नचाए

मनहरीमा जारी पाँचौ मनहरी महोत्सबको एघारौं दिनको प्रस्तुती सकिएकोछ । शुक्रबारको दिन नेपालकै चर्चित गायिकाहरुको प्रस्तुती रहेको थियो ।

चौहानको गीत सुन्नका लागि शुक्रबार दिउँसैदेखि महोत्सव स्थलमा चहलपहल बढेको थियो । खासगरी टिनएजरमा बढी चर्चित गायिका चौहानलाई सुन्न, हेर्न र फोटो खिच्न विद्यार्थीहरु विद्यालय सक्नासाथ महोत्सव स्थलमा पुगेको देख्न सकिन्थ्यो । कार्यक्रम अबधिभर फोटो खिच्न चाहने दर्शकहरुबाट चौहानलाई छुटाउन हम्मेहम्मे परिरहेको थियो ।

चौहानले ‘धोकेबाज हौ तिमी’ सँगै ‘मिनरल वाटर, खान्छौँ क्वाटर’, हालै सार्बजनिक भएको ‘कट्टा हान्दिन्छु’ लगायत आफैले गायका चर्चित गीतहरु पस्कनु भएको थियो ।

मकवानपुरे चेली एबम् चर्चित लोकदोहोरी गायिका चन्दा अर्यालको प्रस्तुति रहेको थियो । उहाँले ‘खान्न म त पिँडालु कुक्यायो, मै सोझोलाई मायाले झुक्यायो’, ‘स्याउ ल्याइदिउँ कि केरा’ जस्ता लोकप्रिय गीतहरु गाउनु भएको थियो ।

युवा कमेडियन दिनेश काफ्लेको कमेडी सुनेर दर्शकहरु पेट मिची मिची हाँसिरहेका थिए । चौहान, अर्याल, काफ्लेका अलावा शितल कल्पना, रश्मिता सेन्चुरी, ऋतु कँडेलसहित आस्था कला केन्द्रका कलाकारहरुले पनि आफ्ना कला प्रस्तुत गर्नु भएको थियो ।
भोलि शनिबार सोनाम ल्होछारको दिन कलाकारहरु मार्मिक लामा, संजीव सिं वाइबा, अन्जु थोकर, लक्ष्मी लामा, रविनकुमार चेपाङ, बालिका तामाङ, गोविन्द बर्ताैला लगायतको प्रस्तुत रहने बताइएको छ ।
यसैबीच राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान मकवानपुरले आयोजना गरेको लाइभ दोहोरी गीत प्रतियोगिता दोहोरी प्रतिष्ठान चितवन (क) ले बिजय हासिल गरेको छ । बिजयी भएसँगै उसले नगद २० हज ार रुपियाँ र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी उप बिजेता दीपेन्द्र पुनको समूह भएको छ भने तृत्तीय स्थानमा बिनोद अर्याल समूह पुगेको छ । सान्त्वना पुरस्कार दोहोरी प्रतिष्ठान चितवन (ख) ले प्राप्त गरेको छ । उत्कृष्ट गायक बिशाल सुनार घोषित हुनु भएको छ भने उत्कृष्ट गायिका भावना शाही घोषित हुनु भएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.