ल्होछार मेला लाग्ने स्थल र गुम्बा आयोजकद्वारा दुलही झै चिटिक्क पारेर सिङ्गरिदै

माघ २७ गते हुने २८६० डुक ल्हो सोनाम ल्होछार मेलाको तयारी तिव्र गतिमा हुँदैछ । साङ्ग छ्योफेल गुम्बा परिसरमा रहेको बुद्ध शान्ति हरित पार्कमा तामाङ समुदायको महान चाड ल्होछारको अवसरमा मेला लाग्ने स्थल र गुम्बा नयाँ दुलही झै चिटिक्कै सिङ्गारिएकोछ ।

२८६० औं ल्होछार मुल आयोजक कमिटी र उप समितिहरुको सक्रियतामा उप समितिहरुलाई तोकिएको काम पूरा गर्ने क्रममा मेला लाग्ने स्थल बुद्ध शान्ति पार्क र साङ्ग छ्योफेल गुम्बामा धजाद्वारा चिटिक्कै पारिएको छ ।

साथै रोटरी मार्केटबाट प्रबेश गर्न पनि सकिनेछ भने हस्पिटल गेटलाई प्रमुख प्रबेशद्वारको रुपमा  प्रयोग गर्ने गरि सजावटका कामहरु धमाधम भएको हो । साथै फोहोर ब्यबस्थापनको लागि जथाभाबी फ्याल्न नपाईने र सिमित स्थानहरुमा फोहोर ब्यबस्थापन गराउने उद्देश्यले रुख – रुखमा डोकोको ब्यबस्था गरिएकोछ ।

मेलामा तामाङ समुदायमा रहेका जेष्ठ ब्यक्तिको हाटबाट टीका तथा आशीर्वाद थाप्ने चलन रहि आएकोछ । गत बर्ष जस्तै यस बर्ष पनि ८० बर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरिने र अहिले सम्म ५३ जनाको नाम उपलब्ध भएको मुल आयोजक समितीका संयोजक सुरेश मुक्तानले जानकारी दिनुभयो । मेलामा सेलो गायक/ गायिका देखि अन्य स्थानिय कलाकारको प्रस्तुती रहने समेत आयोजकले जानकारी दिईएकोछ ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.