प्रथम उपाध्यक्ष भलिबलको फाईनल भोलि राष्ट्रिय कलाकारको अर्यालको प्रस्तुती रहने

मनहरीमा जारी प्रथम उपाध्यक्ष पुरुष भलिबल प्रतियोगिताको फाईनल खेल भोलि अर्थात माघ २६ गते हुने भएकोछ । मनहरी गाउँपालिका संरक्षकको रुपमा रहेको प्रतियोगिता मनहरी ४ मसिने गोलघरको खेल मैदानमा संचालन भईरहेकोछ । प्रतियोगिताको फाईनलमा वडा नम्बर ३ र ४ को उपाधिको लागि भिडन्त पर्दैछ ।

आज भएको सेमिफाईनलको खेलमा वडा नम्बर ३ ले वडा नम्बर ७ लाई पराजित गर्दै फाईनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । निक्कै कडा प्रतिस्पर्धाका बिच संघर्षपुर्ण जित हात पार्दै ३ नम्बरले फाईनलको यात्रा तय गरेको हो ।

यस्तै आजै भएको दोश्रो सेमिफाईनल खेलमा वडा नम्बर ४ ले वडा नम्बर ५ लाई पराजित गर्दै फाईनलमा वडा नम्बर ३ संगको भेटलाई पक्का गरेको हो ।

भोलि हुने फाईनल खेलमा प्रथम हुने टिमले नगद ५० हजार रुपियाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोश्रो हुने टिमले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै बिधागत रुपमा उत्कृष्ट हुने खेलाडिहरुलाई नगद सहित पुरस्कृत गरिने आयोजक खेलकुद बिकास समिती मनहरीका अध्यक्ष बिरु लामाले जानकारी दिनुभयो ।

९ वटा वडाको सहभागिता रहेको प्रतियोगितामा लिग कम टु नक आउट बिधीद्वारा खेल खेलाईएको थियो । फाईनल खेलमा दर्शकलाई मनोरंजन दिलाउन चर्चित लोक गायिका मकवानपुरे चेली चन्दा अर्यालको प्रस्तुती समेत रहने आयोजकले जानकारी दिएकोछ । समापन कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहने आयोजकले जानकारी दिएकोछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.