मनहरीमा जारी पाचौं मनहरी महोत्सवको दशौं दिनमा दर्शकले महोत्सव स्थल खचाखच भरिएकोछ । चर्चित गायिका तथा मोडल ज्योती मगरको प्रस्तुती रहेको कारण कुनै सार्बजनिक बिदा नहुदा पनि दर्शकले महोत्सव स्थल खुट्टा टेक्ने ठाउँ सम्म नहुने गरि दर्शकको घुईचो रहेको थियो ।
बालक, युवा/युवती देखि बृद्ध / बृद्धाको राम्रो साथ पाएका उनै चर्चित गायिका मगरको गितमा छमछमी नाचेकाथिए दर्शकहरु । महोत्सव लाग्दैगर्दा ज्योती मगरको पालो कहिले आउछ भन्दै कुरेर बसेकाहरुको आज बाक्लै उपस्थिति देख्न पाईन्थ्यो । उनको स्टेज प्रस्तुतिमा झुम्दै गरेका युवाहरुलाई माघ महिनाको जाडोको कुनै प्रवाह नभएको जसरी लगाई रहेको कपडा खोली हातमा हल्लाउदै नाची उनलाई हौसला प्रदान गरेका थिए । त्यस्तै गरि महोत्सवमै आएका बृद्धको नृत्यले सबैको ध्यान खिचेको थियो ।
आजै अर्का चर्चित गायिका सुनिता थापा मगरको प्रस्तुतिलाई दर्शकले राम्रो साथ दिएक थियो । उनिले दर्शक दिर्घमा गई दर्शक सङ्गै गित गाई मनोरञ्जन दिलाएका थिए । यस्तै चर्चित लोक गायक ढाकाराम पौडेलको प्रस्तुतिले दर्शकको ध्यान तानेको थियो ।
कृषि,पर्यटन र व्यापार ग्रामीण बिकासको आधार भन्ने मुल आधार भन्ने नाराका साथ संचालन भईरहेको महोत्सब १२ दिनसम्म चल्नेछ । माघ १६ गते देखि संचालित महोत्सबको समापन माघ २८ गते हुनेछ । महोत्सवमा मनोरञ्जन लिनका लागि मात्र नभई अन्य समयमा भन्दा सस्तोमा प्राप्त अर्ने भएकोले प्राय मानिसले सामान किनमेल गरि लगेको दृश्य देख्न पाईन्थ्यो । त्यस्तै महोत्सबले मनहरीलाई मट्काको चियाको पारखीनै बनाईदिएकोछ । आज मात्रै ३५ लिटर दुधको मट्का चिया बाइकको मनहरी बहुमुखी क्याम्पसका सभापती कुमार घिसिङले जानकारी दिनुभयो । त्यस्तै फापरको रोटि र सिस्नुको तरकारी त्यस्तै च्याउको म:म , छोईला यस पटक औदि रुचाईएको पाईयो । त्यस्तै माछाको म:म , केराको म:म , तामा माछाले पनि राम्रो स्थान पाएकोछ ।
महोत्सवको एघारौं दिन अर्थात भोलि पनि दर्शकले पछिल्लो समय निक्कैनै रुचाएको गायिका एलिना चौहानको प्रस्तुती रहने आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिती मनहरीले जनाएकोछ । महोत्सवमा जारी लोक दोहोरी प्रतियोगिताको फाईनल भोलि हुने राष्ट्रिय लोक तथा दोहोरी महासंघ मकवानपुरका अध्यक्ष रबिन्द्र थिङले जानकारी दिनुभयो । भोलिको प्रस्तुतिमा हौ तिमी र पछिल्लो समयमा निस्किएको अर्को कट्टा हान्दिन्छु बोलको गितले भोलि मनहरी महोत्सबको स्टेज तताउने निस्चित रहेकोछ ।