पाचौं मनहरी महोत्सबमा धुम मच्चाउन आज चर्चित गायिका ज्योती मगर आउँदै

मनहरीमा जारी पाचौं मनहरी महोत्सबको दशौं दिन धुम मच्चाउन चर्चित गायिका ज्योती मगर आउँदैछन् । पछिल्लो समय सर्बाधिक चर्चामा रहन सफल उनै गायिका मगरको प्रस्तुती हेर्न मनहरीका स्थानिय दर्शकको बेग्र प्रतीक्षा रहेकोछ ।

महोत्सवमा ज्योती मगरको पालो कहिले आउँछ भन्दै उनै गायिकाको प्रस्तुतीलाई कुर्नेहरुको पालो आज आएकोछ । कला र गलाको धनी मगरले आज सर्बाधिक दर्शक तथा श्रोताले रुचाउन सफल गित जिम्माल बाउकी छोरी र उहीँ मुलाको सिन्की उहीँ मुलाको चाना लगाएत अन्य गितको कोशेली लिएर आउदैछिन्। पछिल्लो समय आफ्नो प्रस्तुती दिदै गर्दा ईलाममा स्टेज प्वाल परेको घटनाले झनै चर्चामा रहेकी गायिकालाई हेर्नकै लागि भएपनी दर्शक महोत्सबमा आउने आकलन गर्न सकिन्छ ।

गायकी र स्टेज प्रफमेन्समा अब्बल देखिने गायिकाले आज मनहरीमा आगो बाल्ने अनुमान गरिएकोछ । कृषि,पर्यटन र व्यापार ग्रामीण बिकासको मुल आधार भन्ने नाराका साथ मनहरी खोला किनारमा संचालन भईरहेको महोत्सबमा स्थानिय उत्पादनले महोत्सवमा आउने दर्शकको प्राथमिकता पाईरहेकोछ । मनहरी बहुमुखी क्याम्पसका स्वबियु टिम र बिद्यार्थीद्वारा राखिएको मट्का चियाले महोत्सवमा छुट्टै रौनकता प्रदान गरेकोछ । सङ्गै च्याउको म:म र फापरको रोटिले पनि उत्तिकै मन जितेको छ । दैनिक उपभोग्य बस्तु देखि लत्ताकपडा , माछाको परिकार , तामा र अन्य प्रदर्शनी तथा ब्यापारिक स्टलहरु रहेकोछ ।

दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती चलिरहेको महोत्सवमा नेपालकै चर्चित कलाकारहरु मनोज गजुरेल, धुर्मुस/सुन्तली,पशुपति शर्मा, जितु लोप्चन,प्रकाश तितुङ,उर्गेन दोङ,रमेश राज भट्टराई, भुमिका गिरि, सरोज/बिना, प्रतिमा अर्याल, रबिन कुमार चेपाङ लगाएत अन्य कलाकारले आफ्नो प्रस्तुती दिईसकेकोछ । यस्तै आज मगरको प्रतुती रहनेछ भने भोलि अर्का चर्चित गायिका धोकेबाज हौ तिमी र पछिल्लो समय चर्चामा कमाउदै गरेको कट्टा हान्दिन्छ भन्दै एलिना चौहान आउँनेछ । साथै भोलि नै राष्ट्रिय कलाकार मकवानपुरे चेली चन्दा अर्यालको पनि प्रस्तुती रहनेछ ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.