वडा नम्बर ३,४,५ र ७ उपाध्यक्ष कप भलिबलको सेमिफाइनलमा

मनहरी गाउँपालिकाको प्रथम उपाध्यक्ष पुरुष भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रबेश गर्ने अन्तिम चार टोलिको टुङ्गो लागेकोछ । मनहरी गाउँपालिका वडा नम्बर ४ , मसिने गोलघरको खेल मैदानमा आज सम्पन्न भएको खेलबाट अन्तिम चार टोलिको टुङ्गो लागेको हो ।

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ संचालित प्रतियोगिता वडा नम्बर ३,४,५ र ७ ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
वडा नम्बर ३ ले वडा नम्बर १ लाई २-० को सोझो सेटमा पराजित गर्दै पहिलो सेमिफाइनलिस्ट टोलि बन्न सफल भएको हो ।

३ नम्बर वडाले १ नम्बर वडालाई २५,१७ र २५- ९ को फराकिलो मतान्तर सहित दुईवटै सेट जित्दै पहिलो सेमिफाइनलिस्ट बनेको हो ।

त्यस्तै गरि दोश्रो सेमिफाईनलिस्टको रुपमा ७ नम्बर प्रबेश गरेको उक्त वडाले वडा नम्बर ८ लाई २५-१२ र २५-१८ को सोझो सेटमा रोक्दै अन्तिम चारमा स्थान बनाएको हो ।

तेश्रो सेमिफाइनलिस्टको रुपमा वडा नम्बर ५ प्रबेश गरेको हो । ५ नम्बरले वडा नम्बर ६ लाई २५-२१ र २५-१६ मा रोक्दै अघिल्लो चरणमा प्रबेश गरेको हो ।

त्यस्तै गरि आजै भएको चौथो खेलबाट चौथो सेमिफाईनलिस्ट टोलिको रुपमा वडा नम्बर ४ आईपुगेको छ । वडा नम्बर २ लाई २-० को सेटमा पराजित गरेको हो । ४ नम्बर वडाले २ नम्बरलाई २५-६ र २५-१५ को सेटमा पराजित गरेको हो ।

भोलि १२ बजे शुरु हुने पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ७ र ३ बिच भेट पक्का भएकोछ । ३ नम्बर वडा समूह क को बिजेता हुँदै सेमिफाईनलमा आफ्नो स्थान सुरक्षित गरेको हो भने वडा नम्बर ७ ले पनि समूह ख को बिजेता बन्दै ३ नम्बर वडासङ्गको भेट पक्का गरेको हो ।

त्यस्तै गरि भोलिनै हुने दोश्रो सेमिफाईनलको खेलमा समूह ग बाट बिजेता बनेको ५ नम्बरले समूह घ बाट बिजेता बनेको वडा नम्वर ४ सङ्गको भेटलाई पक्का गरेको हो ।

मनहरी गाउँपालिकाको प्रायोजन तथा खेलकुद बिकास समितीको आयोजनामा आयोजित प्रतियोगिताको प्रथम हुने टोलिले नगद ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै दोश्रो हुने टोलिले ३० हजार रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । खेलमा बिधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्ने आयोजक मनहरी खेलकुद बिकास समिती अध्यक्ष बिरु लामाले बताउनुभयो ।

माघ २३ गते देखि शुरु भएको प्रतियोगिता माघ २६ गते समापन हुनेछ । ४ दिनसम्म चल्ने प्रतियोगितामा पालिका भित्रका ९ वटै वडाको सहभागिता रहेको थियो । समापन कार्यक्रममा साङ्गितिक कार्यक्रम राख्न आयोजकले तैयारी गरिरहेकोछ ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.