माघ २७ गते बुद्धशान्ति पार्कमा मेला लाग्ने,सामाजिक बिकास मन्त्री मुक्तानको प्रमुख आतिथ्यता रहने

मनहरी गाउँपालिका ७ स्थित बुद्धशान्ति हरित पार्कमा २८६० डुक ल्हो ल्होछारको अबसरमा बृहद् ल्होछार मेला हुने भएको छ । पत्रकार सम्मेलन गरी मेला मूल आयोजक कमिटीले तामाङ समुदायको महत्वपूर्ण पर्व ल्होछारलाई पहिचान झल्कने गरी भब्य रुपमा मनाउन लागिएको जनाएको छ ।

मूल आयोजक कमिटी संयोजक सुुरेश मुक्तानले मेलालाई १० हजार जनाले अवलोकन गर्ने जानकारी दिनुभयो । तामाङ संस्कृति झल्कने भेषभुषमा सज्जिएर मनहरी ७ स्थित रमन्टार गुम्बा र मनहरी ८ स्थित गुम्बाबाट शोभायात्रा निकालिने तयारी छ ।
शोभायात्रा मनहरी ७ स्थित बुद्धशान्ति हरित पार्कमा आएर सांस्कृतिक कार्यक्रम र मेलामा परिणत हुनेछ । मेलामा प्रमुख अतिथिको रुपमा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान आउनुहुने पक्का भएको संयोजक मुक्तानले जानकारी दिनुभयो ।

मेलामा स्थानीय उत्पादनहरु, होटलहरु, परम्परागत खानाका परिकारहरु उपलब्ध हुनेछन् । सोही कार्यक्रममा मनहरी गाउँपालिका ७ नं वडामा बसोबास गर्ने ८० बर्ष कटेका ५२ जना ज्येष्ठ नागरिकलाई समेत नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

मेलामा राष्ट्रिय स्तरमा चर्चित कलाकारहरु देवलाल मुक्तानसहितका स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । पत्रकार सम्मेलन मेला आयोजक कमिटी संयोजक सुरेश मुक्तानको अध्यक्षतामा भएको हो भने स्थानीय समाजसेवी युवा बीरबहादुर घलान ज्वाला, ७ नं वडाका कार्यबाहक वडाध्यक्ष नवराज सुवेदी लगायतले मेलाका सम्बन्धमा धारणा राख्नु भएको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.