उपाध्यक्ष कप भलिबल आजबाट शुरु : पहिलो दिनको खेलमा ६ वटा खेल सम्पन्न

मनहरी गाउँपालिकास्तरीय उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता मनहरी गाउँपालिका ४ गोलघरस्थित खेल मैदानमा सुरु भएको छ । प्रतियोगिताको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले गर्नु भएको छ ।

प्रतियोगिता अन्तर्गत उदघाटनका दिन भएका लिगचरणका ६ वटा खेलहरु सम्पन्न भएकोछ ।पहिलो खेल वडा नम्बर ३ र वडा नम्बर ६ बिचको खेलमा ३ नम्बर बिजयी भएको थियो । बेस्ट अफ थ्रीमा रहेर खेलाईएको प्रतियोगितामा ३ नम्बरले ६ नम्बर वडालाई २१-२५, २५-१७ र १५-९ को नतिजा निकाल्दै खेल आफ्नो पोल्टोमा पार्न सफल भएको हो । त्यस्तै
दोश्रो खेलमा वडा नम्बर ७ ले वडा नम्बर २ लाई २५-१० र २५-१४ को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रामा सुखद नतिजा सहितको यात्रा तय गरेको हो ।त्यस्तै आजै भएको अर्को तेश्रो खेलमा वडा नम्बर ६ ले वडा नम्बर ९ लाई २५-१६ र २५-१८ को सोझो सेटमा पराजित गर्दै दोश्रो खेलमा पहिलो जित निकाल्न सफल भयो । आजै सम्पन्न अर्को चौथो खेलमा वडा नम्बर ५ ले वडा नम्बर १ लाई २५-९ र २५-१५ को सोझो सेटमा पराजित गरेको हो । वडा नम्बर ३ र ९ नम्बर बिच भएको पाचौं खेलमा ३ नम्बरले ९ नम्बरलाई सोझो सेटमा पराजित गरेको हो । ३ नम्बरले ९ नम्बरलाई २५-९ र २५-१२ गरि दुबै सेट आफ्नो पक्षमा पारी आफ्नो अपराजित यात्रालाई अगाडि बढाउन सफल भएको हो । यो सङ्गै दुई वटै खेलमा हार बेहोरेको ९ नम्बर पहिलो चरणबाटै बाहिर भएको छ । आजै भएको अन्तिम तथा छैठौं खेलमा वडा नम्बर ४ ले वडा नम्बर ८ लाई २५-१३ र २५-१८ मा रोक्दै खेल आफ्नो पकडमा पार्न सफल भएको थियो ।


खेलकुद विकास समिति मनहरीको आयोजना तथा मनहरी गाउँपालिकाको संरक्षकत्वमा सञ्चालन भएको उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष कालाखेतीले खेलकुद क्षेत्रलाई चलायमान बनाउनका लागि गाउँपालिकाको तर्फबाट हरेक हिसाबले सक्रियता जनाइरहेको बताउनुभयो । त्यसैगरी उपाध्यक्ष सीता पुलामी मगरले यसअघि अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना भइसकेको बताउँदै उपाध्यक्ष कप भलिबल प्रतियोगिताबाट भलिबलका खेलाडीहरुमा उत्साह भर्न लागिएको बताउनुभयो ।
मनहरी खेलकुद विकास समितिका अध्यक्ष एबम् कार्यक्रम संयोजक बिरु लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा मसिने शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामहरि बिष्ट, राष्ट्रिय स्वतन्त्र पार्टी मनहरीका सभापति गोविन्द सापकोटा, ३ नं वडाका वडाध्यक्ष अनन्त प्रकाश अर्याल लगायतले प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

Facebook Comments Box

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.