प्रथम उपाध्यक्ष कप पुरुष भलिबलको तैयारी पूरा: पहिलो खेल मनहरी ६ बिरुद्ध ३ नम्बर खेल्ने

मनहरीमा यहि माघ २३ गते देखि २६ गते सम्म पुरुष भलिबल खेल प्रतियोगिता हुने भएकोछ । पहिलो पटक स्थानिय सरकारको आयोजनामा खेल हुन लागेको हो ।

उपाध्यक्ष कप अन्तर्गत पुरुष भलिबल लिग इन नक आउटको बिधिमा आधारित रहेर खेलाईने प्रतियोगितामाको सम्पुर्ण तैयारी पुरा भएको पत्रकार भेटघाट कार्यक्रम गरि सार्बजनिक गरिएको हो । मनहरी ७ स्थित रोटरी मार्केटमा आईतबार साँझ सम्पन्न भेटघाटमा पहिलो पटक प्रतियोगिताको आयोजना गर्नलागिएको गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले बताउनु भयो । हामिले अध्यक्ष कप फुटबलले निरन्तरता पाईरहदा पनि उपाध्यक्ष कपको कार्यक्रम भने गर्न नसकिएको भन्दै यो पाली पुर्ब निर्धारित कार्यक्रम अनुसार खेल खेलाउन लागि परेको बताउनुभयो । त्यस्तै कार्यक्रम संचालनको लागि ५ लाख ५० हजार रुपैयाँ छुट्टयाइएको समेत जानकारी दिनुभयो । खेलमा महिलाको टिमलाई पनि सहभागिता जनाउन आवश्यक रहेता पनि महिला टिमको उत्पादन गर्नमा नसकिएको भन्दै आगामी दिनमा त्यता पनि ध्यान दिने भन्दै सम्पुर्ण सरोकारवालाहरुलाई यो कार्यक्रम सफल बनाईदिन आ – आफ्नो तवरबाट सहयोग गरिदिन आग्रह समेत्गर्नुभयो ।

गाउँपालिका खेलकुद संघ मनहरीका अध्यक्ष बिरु लामाले खेलमा पालिकाको ९ वटै वडाको सहभागिता रहने र खेल लिग इन नक आउट बिधीमा आधारित रहेर खेलाईने बताउनुभयो । जिल्ला भलिबल संघ मकवानपुरबाट अफिसियलहरु ल्याईएको भन्दै कुन वडा को संग खेल्ने हो त्यसको सबै टुङ्गो लागिसकेको बताउनुभयो । खेलमा प्रथम हुनेले नगद ५० हजार रुपैया प्राप्त गर्नेछ भने दोश्रो हुनेले नगद ३० हजार रुपैया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै हरेक बिधामा उत्कृष्ट हुने खेलाडीलाई नगद १ हजार रुपैया दिईने अध्यक्ष लामाले जानकारी दिनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगितामा प्रथम हुनेले प्राप्त गर्ने शिल्ड मेडल पनि प्रदर्शन गरिएको थियो ।यस्तै खेलमा खेल्दा लगाईने जर्सी सार्बजनिक समेत गरिएको थियो । स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ शुरु हुन लागेको खेल मनहरी गाउँपालिका वडा नम्बर ४ मसिने गोलघरको खेल मैदानमा हुने आयोजकले जनाएकोछ । ४ दिन सम्म चले प्रतियोगिताको उद्घाटन माघ २३ गते हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा मनहरी गाउँपालिका वडा नम्बर ६ र वडा नम्वर ३ बिच हुने खेलकुद बिकास समिती मनहरीका सदस्य कबिन मगरले बताउनुभयो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.