लामो समय देखि कलाकारिताबाट टाढा रहि समाज सेवामा प्रबेश गरेका उनै चर्चित हास्य कलाकार जोडि सिताराम कट्टेल र कुन्जना घिमिरे (धुर्मुस-सुन्तली ) ले स्टेज शो मार्फत कलाकारितालाई जिबन्त दिने प्रयास गरेकाछन् । लामो समय पस्चात स्टेजमा उक्लदै गर्दा पनि दर्शकको माया जता गयो त्यतै राम्रो साथ दिएको पाईन्छ ।
पाँचौं मनहरी महोत्सवमा उनै चर्चित हास्य कलाकार जोडि धुर्मुस-सुन्तलीको पालो आज अर्थात माघ २१ गते परेको थियो । धुर्मुस- सुन्तली मनहरी आउने जानकारी विभिन्न अनलाईन र सामाजिक सन्जाल फेसबुक तथा माईकिङ्ग मार्फत प्रचारप्रसार गरिएको थियो । प्रतिकुल मौसमका बाबजुद दर्शकै नहोला भन्ने चिन्ताका बिच राम्रो दर्शकको उपस्थितिले साच्चै एकपटक फेरि धुर्मुस- सुन्तली नेपाली दर्शक श्रोतामाझ लोकप्रिय रहेको पुष्टि गरिदिएकोछ । साँझ अबेरसम्म पनि धुर्मुस-सुन्तलीको प्रस्तुती कति खेर आउँछ भनेर कुरेर बस्नेमा वृद्ध- वृद्धा देखि युवा- युवती र बालबालिकासम्म रहेको थियो ।
समसामयिक विषयमा रहेर आफ्नो प्रहसन राखेका धुर्मुस-सुन्तलीले देशमा भएका बिकृती बिसङ्गती बिरुद्ध चोटिलो प्राहर हानेका थिए। देशमा भएका काण्ड तथा बिदेशिएका नेपालीका समस्यालाई मार्मिक ढंगले प्रस्तुत गर्दैगर्दा दर्शक भावबेहोल देखिन्थ्यो । प्रहसनकै शिलशिलामा दर्शक सहित आफै पनि भावुक बन्दै आफ्नो प्रस्तुती दिएका थिए । बेलबेलामा दर्शकलाई हसाउँदै गर्दा दर्शकको गडगडाहत तालिले महोत्सब स्थल तालिमय हुनेगर्दथ्यो ।
असल मान्छेको खोजी गर्दै मनहरी आईपुगेका (धुर्मुस-सुन्तली) को अभियानलाई मनहरीका दर्शकको अत्याधिक साथ सपोर्ट दिएको थियो । छिटफुट पानीका बाबजुद आफ्नो प्रहसनलाई भनेर कुरेर बस्ने सम्पुर्ण दर्शकलाई (धुर्मुस-सुन्तली) ले धन्यवाद दिएका थिए ।
( धुर्मुस-सुन्तली) को प्रहसन सङसङै राष्ट्रिय कलाकार रबिन कुमार चेपाङ लगाएत उर्मिला चेपाङ, मोडल/ गायक तथा संचारकर्मी पवनकुमार चेपाङ र अन्य स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।
मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिती मनहरीको आयोजनामा आयोजित महोत्सवको पाँचौं दिनसम्म आईपुग्दा कलाकारको राम्रो प्रस्तुती पाईएकोछ । छैटौं दिनको स्टेज प्रस्तुती लिएर भोलि २२ गते पनि राष्ट्रिय कलाकार सुमिना लो लगाएत अन्य स्थानिय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएकोछ । कृषि, पर्यटन, व्यापार , ग्रामिण बिकासको मुल आधार भन्ने नाराका साथ मनहरी बजार छेवैमा मनहरी खोला किरानामा चलिरहेको महोत्सवमा मनहरी, राक्सिराङ्ग र कैलाश गाउँपालिकाको कृषि , पर्यटन , व्यापार तथा अन्य क्षेत्रको प्रबर्द्धन तथा प्रस्तुती रहेको छ ।
२१ गतेको कार्यक्रममा सह – आयोजकको रुपमा रहेको कैलाश गाउँपालिका अध्यक्ष लोक मुक्तान, संघका सभापति,निबर्तमान सभापति , वरिष्ठ उप – सभापती , उप- सभापती , महासचिव र कोषाध्यक्ष लगाएत अन्य पदाधिकारीहरुको आतिथ्यता रहेको थियो । महोत्सब यहि माघ २८ गते सम्म चल्नेछ ।