मनहरी महोत्सवको पाँचौं दिन दर्शकले महोत्सव स्थल खचाखच

पाँचौं मनहरी महोत्सव २०८० को पाँचौं दिनमा दर्शकको अपार साथ पाएकोछ । आयोजकका अनुसार झन्डै १० हजारको हाराहारिमा दर्शकले महोत्सबमा अबलोकन गरेकाछन् ।

शनिबारको दिन परेकाले विद्यार्थीहरु, कर्मचारीहरु तथा व्यवसायीहरुले पनि फुर्सद निकालेर महोत्सव अवलोकन गर्न आउनाले एकैदिन दर्शकको चाप बढेको हो । त्यससँगै चर्चित कलाकारहरुलेको उपस्थितिले पनि दर्शक तानेको थियो ।

शनिबार चर्चित लोकदोहोरी गायक पशुपति शर्मा र सम्झना लामिछाने मगरले दमदार प्रस्तुति दिनु भएको थियो । शर्माले ‘मलाई अमेरिका यहीँ, मलाई जापान पहि यहीँ’, ‘सारंगी र्‍याइँ र्‍याइँ भयो जीवन तिरीमिरी झ्याइँ’ लगायतका गीतहरु प्रस्तुत गर्नु भएको थियो । उहाँले गीत प्रस्तुत गरिरहँदा दर्शकहरु उत्तेजित भएर दर्शक दीर्घाबाट नाचिरहेका देखिन्थे ।

त्यसैगरी अर्की चर्चित गायिका सम्झना लामिछाने मगरले पनि गायत प्रस्तुत गर्नु भएको थियो । लामिछानेले ‘फुल फुलेर पहेलै भयो’ बोलको गीत दर्शक दिर्घामै गएर गाइदिनु भएको थियो । त्यस क्रममा दर्शकहरुले उहाँको हात समातेर नाचेका थिए ।

यस्तैगरी मनहरीबाट राष्ट्रिय स्तरमा नृत्यमा छुट्टै पहिचान बनाउन सफल सरोज प्रजालाई मनहरीका स्थानियहरुले निक्कै राम्रो साथ दिएका थिए ।उनीसंगै अर्का चर्चित मोडल बिना राउतलाई पनि मनहरीका दर्शकले साथ दिएका थिए । त्यसोत मोडल बिनाको संयोग बस आजै जन्मदिन परेको थियो । दर्शकले उनै राउतलाई जन्मदिनको शुभकामना भन्दै सुभेक्षा प्रकट गरेका थिए ।
पछिल्लो समय नेपालमा सरोज/ बिनाको जोडि निक्कै दर्शकले रुचाउदै आईरहेकोछ ।

भोलीको प्रस्तुतिमा नेपाली हास्य कलाकार धुर्मु / सुन्तलीको बिशेष प्रहसन रहने आयोजकले जनाएकोछ । बालक देखि वृद्धसम्म आफ्नो कलाद्वारा एकै ठाउमा ल्याउन सफल उनै धुर्मु / सुन्तली भोलि आउने भएपछी दर्शक उनिहरुको प्रस्तुती हेर्न बेग्र प्रतिक्षारत रहेकोछ । धुर्मुस/ सुन्तलीको जोडि सङसङै चर्चित गायिका समीक्षा अधिकारीको पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएकोछ । यसका साथ साथै मोडल तथा नब गायक एबम संचारकर्मी पवन कुमार लगाएत अन्य कलाकारको पनि प्रस्तुती रहनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.