मनहरीको पुरानो चिनारी तामा र माछाको परिकार मनहरी महोत्सवमा

मनहरीको पुरानो परिचय बोकेको तामा र माछा हो । बिगदमा मनहरी भन्ने बित्तिकै प्रसस्त मात्रामा तामा पाईने र लोकल माछा सबैको मस्तिष्कमा आउने गर्थ्यो । तर पछिल्लो समयमा खोलामा माछा लोप हुँदै गर्दा मनहरीको पहिचानमा तामा र माछा ओझेलमा परेको पाईन्छ ।

पाचौं मनहरी महोत्सवमा मनहरीकै पुरानो पहिचान बोकेको तामा र माछाले मनहरीको पुरानो पहिचानको पुनरागमन गर्ने बिश्वास लिईएकोछ । मनहरी ४ नम्बर वडामा रहेको भिजन अफ मकवानपुरद्वारा उत्पादित जिउँदो माछा र माछाका परिकारको स्वाद दिने प्रयास गरिएकोछ ।

चिसो मुल पानीमा उत्पादित माछाले महोत्सवमा आउनेहरुको ध्यान तानेको देखिन्छ । यस्तै गरि तामा र माछाको स्वाद महोत्सवमा आउनेहरुको लागि सेवा दिन तमतयार रहेको देखिन्छ । माछाको म:म, सेकुवा , फ्राई माछा , सेवाग्राहीको अडर अनुसारको परिकार बनाएर दिने फर्मका सन्चालक खेम गुरुङले जानकारी दिनुभयो । यस्तै पोखरीमा रहेको ताजा माछा सरसफाई सहित जोखेर जम्मा ४ सय रुपैयाँमा बिक्री गरिएको श्रोतले जानकारी दिएकोछ ।

कृषि,पर्यटन र व्यापार ग्रामीण बिकासको मुल आधार भन्ने नाराका साथ यहि माघ १६ गते देखि सन्चालित महोत्सबको समापन माघ २८ गते हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.