मनहरी महोत्सवमा मट्का चिया ५० रुपैयाँमा महोत्सवमा थप रौनकता छाउँदै

मनहरीमा जारी पाचौं मनहरी महोत्सबले तेश्रो दिन पार गरेकोछ । माघ १६ गते देखि २८ गतेसम्म १२ दिन चल्ने महोत्सबमा दिन प्रतिदिन स्थानिय र फरक स्टलले झन आयोजकलाई हौसला प्रदान गरेको देखिन्छ ।

मनहरी बहुमुखी क्याम्पस मनहरी ८ का स्वतन्त्र बिद्यार्थी युनियन सिङ्गो टिम यो महोत्सवमा केही नयाँ प्रस्तुती देखाउ भन्दै महोत्सवको स्टलमा नरहेको नयाँ सेवा प्रदान गर्न कम्मर कसेर लागि परेको देखिन्छ । फलस्वरूप स्वबियु सिङ्गो टिमनै मट्का चिया स्टलमा राख्न सफल भएकाछन्।

आयोजक मकवानपुर उद्योग बाणिज्य पश्चिम क्षेत्र समितीले बिद्यार्थीको आग्रहलाई स्विकार्दै निशुल्क रुपमा एउटा स्टल उपलब्ध गराएकोछ सभापति गणेशमान मानन्धरले बताउनुभयो । पढ्दै कमाउदै भन्ने नारालाई आत्मसात गर्दै यो अभियानमा लागि परेको मनहरी बहुमुखी क्याम्पसका स्वबियु सभापति कुमार घिसिङले बताउनुभयो । आज दिउँसो २ बजे देखि मट्का चिया पकाउन शुरु गरेको टोलिले साँझ सम्म १० लिटर दूध खपत भएको समेत सभापति घिसिङले बताए ।

प्रति कप ५० रुपैयाँमा मट्का चिया पिउन पाएपछी चिया पारखिहरुको घुईचो समेत लागेको थियो । आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितीले स्टल अपुग भएको अवस्थामा तत्कालै निर्माण गरि दिईने गरेको महासंघका महासचिव पदम बहादुर तितुङ्ले बताउनुभयो ।

मनहरी बहुमुखी क्याम्पसका स्वबियु सभापति, उपसभापति लगाएत अन्य पदाधिकारीहरु कार्य बिभाजन सहित महोत्सवमा आउने दर्शकहरुलाई मट्का चियाको पकाएर खुवाउन लागि परेकाछन् । तपाईहरु पनि आउने हैन मट्का चियाको स्वाद लिन मनहरी महोत्सव ?

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.